छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला
काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन्।
झापाको कमल गाउँपालिका-५ स्थित रतुवा खोलामा पहिचान नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
कैलालीको गोदावरी नगरपालिका-४ लामामोडस्थित गोदावरी सामुदायिक वनमा पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
तेह्रथुमको म्याङलुङ नगरपालिका-९ साब्ला बस्ने ५३ वर्षीया दिल माया लिम्बु सोही नगरपालिका-९ स्थित जुके खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment