ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने प्रतिष्ठित ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ। बैंकले लगातार तेस्रो वर्ष यो अवार्ड हात पारेको हो। यसअघि सन् २०२४ र २०२५ मा पनि बैंकले सोही विधामा अवार्ड जितिसकेको छ।
थाइल्याण्डको बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।
वित्तीय स्रोत परिचालन, संस्थागत विश्वसनीयता, डिजिटल पहुँच, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग र दिगो कर्जा प्रवाह जस्ता मुख्य सूचकहरूलाई आधार मानेर बैंकलाई सर्वोत्कृष्ट घोषणा गरिएको आयोजकले जनाएको छ।
ग्लोबल फाइनान्सको यो प्रतिष्ठित अवार्ड जित्ने ग्लोबल आइएमई पहिलो नेपाली बैंक हो। यसअघि ‘बैंक अफ द इयर २०१४’ र ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ लगायत धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाइसकेको बैंकले यस उपलब्धिप्रति नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सेयरधनी, कर्मचारी र ग्राहकवर्गमा आभार व्यक्त गरेको छ।
हाल बैंकले देशका सबै ७७ जिल्लामा रहेका १ हजारभन्दा बढी सेवा केन्द्र र विभिन्न वैदेशिक प्रतिनिधि कार्यालयमार्फत अत्याधुनिक बैंकिङ तथा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment