विदेशी मुद्रा विनिमय दर: डलर, युरो र पाउन्डको भाउ कति?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ स्थिर रहेको छ भने युरो र अस्ट्रेलियन डलर लगायतका मुद्रा महँगिएका छन्।
केन्द्रीय बैंकले तोकेको नयाँ विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम भएको छ। यस्तै, युरो एकको खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा रहेको छ।
पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा तोकिएको छ। स्विस फ्रैन्क एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४९ पैसा कायम हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा रहेको छ।
यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ। सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ ०७ पैसा रहेको छ।
अन्य एसियाली मुद्राहरूमा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा कायम भएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment