दशैंपछि खुलेको बजारमा सुनको मूल्य तोलामा ११,७०० रुपैयाँले घट्यो

डिसी नेपाल
८ कार्तिक २०८३ ११:११
612
Shares

काठमाडौं। दशैंको लामो बिदापछि आइतबार  खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

मूल्यमा भारी गिरावट आएपछि आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको छ। यसअघि कात्तिक २ गते छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दु प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको छ। अघिल्लो कारोबार दिन कात्तकि २ गते चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *