२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, १४१ जना घाइते
काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३ जना तथा कोशी, बागमती प्रदेश र काठमाडौं उपत्यकामा एक एक जनाको मृत्यु भएको छ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४१ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा ३८ जना घाइते भएका छन् भने कोशीमा ४२ जना, काठमाडौं उपत्यकामा ५ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा ३२ जना, कर्णालीमा ३ जना र गण्डकीमा ५ जना घाइते भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment