कांग्रेस पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते

डिसी नेपाल
८ कार्तिक २०८३ १२:१३
12
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम आगामी कात्तिक १२ गते गर्ने तयारी गरिएको छ। पार्टी सभापति गगन थापाले गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिए पनि अन्य पदाधिकारी र सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण हुन बाँकी रहेको छ।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। उक्त केन्द्रीय समितिमा निर्वाचित तथा निर्विरोध भएका सभापति थापाबाहेकका अन्य २३० जनाले हालसम्म पद तथा गोपनीयताको शपथ लिनुका साथै निर्वाचनको प्रमाणपत्रसमेत प्राप्त गरेका छैनन्।

कांग्रेस निर्वाचन समितिका सदस्यसचिव एवम् अधिवक्ता राजु कटुवालले कात्तिक १२ गते कार्यक्रम आयोजना गर्ने गरी आन्तरिक तयारी अगाडि बढाइएको जानकारी दिएका छन्। उनले यस विषयमा अन्तिम मिति भने पूर्ण रूपमा निश्चित भइनसकेको स्पष्ट पारेका छन्।

वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा हाल मुलुकबाहिर रहेकाले शपथ र प्रमाणपत्र वितरणको समय तय गर्न केही ढिलाइ भएको हो। नेता शर्मा आज स्वदेश फर्किएलगत्तै कार्यक्रमको निश्चित समय टुंगो लाग्ने निर्वाचन समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *