क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

डिसी नेपाल
९ कार्तिक २०८३ १३:३९

काठमाडौं। क्रिकेटको रोमाञ्च मैदानभित्र मात्रै सीमित हुँदैन। हरेक चौका-छक्कामा गुञ्जिने हुटिङ, मनपर्ने टिमको जितमा मनाइने खुसी र साथीभाइसँग बसेर खेल हेर्नुको उत्साह आफैँमा बेग्लै हुन्छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यही माहोल अब देशका विभिन्न सहरमा पनि देखिने भएको छ। एक्सट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा एनपीएलको रोमाञ्च अनुभव गराउने उद्देश्यले देशभरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको हो।

कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका खेल यी फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन्। फ्यान जोनमा प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ। यसले क्रिकेटप्रेमीलाई साथीभाइसँगै बसेर खेलको मजा लिन, मनपर्ने टिमको समर्थनमा हुटिङ गर्न र प्रतियोगिताको उत्साह सामूहिक रूपमा साटासाट गर्ने अवसर दिनेछ।

एक्सट्रीमले देशका ९ सहरका १० स्थानमा फ्यान जोनको व्यवस्था गरेको छ। काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दुई नम्बर गेटअगाडिको मैदानमा क्रिकेटप्रेमीले ठूलो स्क्रिनमा खेल हेर्न सक्नेछन्।

उपत्यकाबाहिर पनि एनपीएलको रौनक फैलाउने तयारी गरिएको छ। सुदूरपश्चिमको धनगढीस्थित कभर्ड हल क्षेत्रदेखि कर्णालीको सुर्खेतस्थित घण्टाघर डबलीसम्म फ्यान जोन सञ्चालन हुनेछन्।

त्यस्तै, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसरमा पनि क्रिकेटप्रेमी एकै ठाउँमा भेला भएर एनपीएलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। मधेशको जनकपुरस्थित बाह्रबिघा चौर र पूर्वी नेपालको विराटनगरस्थित पुरानो गुद्री मैदानमा समेत फ्यान जोन रहनेछन्।

फ्यान जोनलाई खेल हेर्ने स्थानमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्र बनाउने तयारी एक्सट्रीमको छ। यहाँ क्रिकेटको प्रत्यक्ष प्रसारणसँगै साङ्गीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि आयोजना गरिनेछन्। दर्शकले रमाइला खेलकुद गतिविधिमा सहभागी हुने अवसर पाउनेछन् भने गिभअवे कार्यक्रममार्फत आकर्षक उपहारसमेत प्राप्त गर्न सक्नेछन् ।

एनपीएलप्रतिको बढ्दो उत्साहलाई क्रिकेट मैदानको सीमाभन्दा बाहिर पु¥याउँदै देशका विभिन्न सहरका समर्थकलाई एउटै माहोलमा जोड्ने उद्देश्यले एक्सट्रीमले यो पहल अघि सारेको हो । खेल हेर्न रंगशालामै पुग्न नसक्ने क्रिकेटप्रेमीले पनि आफ्नै सहरमा ठूलो स्क्रिनअगाडि भेला भएर प्रतियोगिताको रोमाञ्च अनुभव गर्न सक्नेछन् ।

मैदानमा खेलाडीबीच प्रतिस्पर्धा चलिरहँदा फ्यान जोनमा समर्थकको हुटिङ, उत्साह र सामूहिक खुसीले एनपीएलको रौनक थप्ने अपेक्षा गरिएको छ । यसरी क्रिकेट, सङ्गीत र मनोरञ्जनलाई एकै ठाउँमा जोड्ने एक्सट्रीमका फ्यान जोन प्रतियोगिता अवधिभर क्रिकेटप्रेमीको आकर्षक जमघटस्थल बन्ने अपेक्षा गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *