कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने

डिसी नेपाल
९ कार्तिक २०८३ १४:०३

ललितपुर। नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह आगामी कात्तिक १२ गते हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कात्तिक १२ गते अपराह्न २:०० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी नगरमा उक्त समारोह आयोजना गरिनेछ। सोही समारोहमा नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरणसमेत गरिनेछ।

निर्वाचन समितिले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई तोकिएको समयमा उपस्थितिका लागि अनुरोध गरेको छ। यसअघि १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले दसैँअघि नै शपथ ग्रहण गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *