एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्री बोलेनले भने-नेपाली क्रिकेट अमर रहोस्

डिसी नेपाल
९ कार्तिक २०८३ ८:०४

काठमाडौं।  नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सवका रूपमा स्थापित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा प्रधानमन्त्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै छोटो समयमै एनपीएलले एउटा भव्य खेलकुद महोत्सवको रूपमा ठूलो फड्को मारेको उल्लेख गरेका छन्। उनले यस प्रतिष्ठित लिगमा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत गरेका छन्।

साथै, यस भव्य खेलकुद उत्सव सफल बनाउन खटिएका सम्पूर्ण नेपाली खेलाडीहरू, प्रतियोगिताका आयोजकहरू र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रधानमन्त्री शाहले शुभकामना दिएका छन्। नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गर्दै उहाँले आफ्नो सन्देशको अन्त्यमा ‘नेपाली क्रिकेट अमर रहोस्’ भनी शुभकामना व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *