क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक

डिसी नेपाल
९ कार्तिक २०८३ १३:०६

काठमाडौं। मैदानमा ब्याट र बलको रोमाञ्चक भिडन्त, चौका-छक्कासँगै गुञ्जिने दर्शकहरूको हुटिङ अनि आफ्नो टोलीको जितका लागि धड्कीने हजारौँ समर्थकका मुटु।

क्रिकेट केवल मैदानभित्र खेलिने खेल होइन, यो खेलाडीको सपना, समर्थकको भावना र लाखौँ क्रिकेटप्रेमीलाई एउटै उत्साहमा जोड्ने उत्सव पनि हो। यही क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सार्वजनिक गरिएको यस एन्थमले क्रिकेटको मैदानमा देखिने प्रतिस्पर्धात्मक जोश र मैदानबाहिर समर्थकहरूमा छाउने क्रिकेट क्रेजलाई एउटै सांगीतिक लयमा बाँध्ने प्रयास गरेको छ।

हरेक बलसँगै बढ्ने उत्सुकता, हरेक चौका-छक्कामा उर्लिने खुसी र आफ्नो टोलीको जितमा झल्किने गर्वलाई संगीतमार्फत अभिव्यक्त गर्दै यस एन्थमले क्रिकेटको माहोलमा नयाँ रौनक थप्ने अपेक्षा गरिएको छ ।

एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रुपमा साझेदारी गरेको छ, भने पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहनेगरी प्रायोजन साझेदारी रहेको छ ।

खेलाडीहरूको जित्ने अठोट, टोलीप्रति समर्थकहरूको अटुट विश्वास र दर्शकदीर्घाबाट गुञ्जिने उत्साहलाई संगीतको माध्यमबाट जोड्दै कम्पनीले क्रिकेटप्रेमीहरूको भावनासँग अझ नजिकिने प्रयास गरेको छ । मैदानमा जितका लागि हुने संघर्षदेखि दर्शकको हरेक धड्कनसम्मका भावनालाई समेट्नु नै यस सांगीतिक प्रस्तुतिको मुख्य विशेषता हो।

युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द र ब्लुस (सुरज शाही) को सङ्गीत सिर्जना तथा संयोजनमा ‘एक्स्ट्रीम एन्थम’ तयार गरिएको हो । यसको निर्माणको काम भने ‘एनएफटीपी’ टिमले गरेको हो।

विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै तयार गरिएको यस एन्थमले खेलको उत्साहलाई नयाँ सांगीतिक अभिव्यक्ति दिएको छ । मैदानमा खेलाडीहरूले प्रदर्शन गर्ने जोश र दर्शकहरूले महसुस गर्ने रोमाञ्चलाई संगीतमा उतार्दै यसले क्रिकेटको माहोललाई अझ जीवन्त र ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ।

एक्स्ट्रीमका लागि यो एन्थम केवल एउटा गीत वा सांगीतिक प्रस्तुति मात्र होइन, क्रिकेट र संगीतलाई एउटै उत्सवमा रूपान्तरण गर्ने सिर्जनात्मक प्रयास पनि हो। क्रिकेटले मैदानमा सिर्जना गर्ने रोमाञ्च र संगीतले मानिसको मनमा जगाउने उत्साहलाई एकै ठाउँमा ल्याउँदै कम्पनीले खेलाडी र समर्थकबीचको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य राखेको छ।

क्रिकेटको वास्तविक सौन्दर्य मैदानमा हुने प्रतिस्पर्धामा मात्र सीमित हुँदैन । खेलाडीको हरेक उत्कृष्ट प्रदर्शनले रोमाञ्च सिर्जना गर्छ भने दर्शकको साथ, समर्थन र उत्साहले त्यसलाई भव्य उत्सवमा परिणत गर्छ।

मैदानमा खेलाडीहरूले जितको कथा लेखिरहँदा दर्शकदीर्घाबाट गुञ्जिने आवाजले त्यस कथामा थप ऊर्जा भरिरहेको हुन्छ । यही खेल र समर्थकबीचको सम्बन्ध, जितको चाहना र क्रिकेटप्रतिको साझा प्रेमलाई संगीतमा उतारिएको ‘एक्स्ट्रीम एन्थम’ ले नेपाली क्रिकेटको उत्साहलाई नयाँ लय दिने विश्वास गरिएको छ ।

क्रिकेटको जोश, संगीतको ताल र समर्थकहरूको अटुट साथलाई एउटै धड्कनमा जोड्ने ‘एक्स्ट्रीम एन्थम’ एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *