ईमोमार्फत २५ लाख भारु चिठ्ठा पर्यो भनी ठगी गर्ने व्यक्ति पक्राउ
सुनसरी । सामाजिक सञ्जाल ईमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्योग भनी नगद ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। सिरहा नगरपालिका–१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उनले शनिबार राति ईटहरि उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय पुरुषलाई ईमोबाट फोन गरी तपाईँ २०२० को ईमो लट्रि विजेता भई २५ लाख भारतीय रुपैयाँकोहकदार हुनुभयो भन्दै नेपाल सरकारलाई टयाक्स बुझाउन भनि आईएमईबाट अरबिन्द्र कुमार कामतीको नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केहीसमयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ दिनुपर्ने भयो सोही नाममा पठाउन लगाएको प्रहरीले जनाएको छ । निज कामतीलाई आइतबार आइएमईबाट रकम लिई हिँडेको अवस्थामा सिरहामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment