रोमाञ्चक जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा
काठमाडौं। नेपाली स्पीनर सन्दीप लामिछाने सिम्मिलित आईपीएल टिम दिल्ली क्यापिटल्स यूएईम जारी आईपीएलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्लीले अंक तालिकामा १२ अंक जोडेको छ।
१० अंकसहित दोस्रो स्थानमा रहेको दिल्ली बुधाबारको जितसँगै १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। दिल्लीले आफ्ना ८ खेल मध्ये ६ खेलमा जित हात पारेको छ।
बुधबार दुबईमा टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले शिखर धवनको अर्धशतकको मद्दतमा ७ विकेटमा १६१ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको राजस्थान ८ विकेटमा १४८ रनमात्र बनाउन सफल भयो।
दिल्लीका जितमा बलिंगतर्फ एनरिज नोर्तजे र तुषार देशपाण्डेले दुई दुई विकेट लिए भने कागिसो राबाडा, आर आश्वीन, अक्षर पटेलले एक एक विकेट लिए।
यसअघि जोफ्रा आर्चरले राजस्थानका लागि ३ विकेट लिएका थिए।
जितपछि दिल्लीको प्लेअफ दौड बलियो बनेको छ। आफ्ना बाँकी रहेका ६ खेल मध्ये कम्तिमा अब २ खेल जिते दिल्ली प्लेअफमा पुग्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment