तत्काललाई सदस्यता वितरण रोक्न एनआरएनए केन्द्रको निर्देशन

डिसी नेपाल
२९ असोज २०७७ १३:३७

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) लाई पन्जिकृत सदस्यता वितरण नगर्न निर्देशन दिएकाे छ। संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले तत्कालको लागि सदस्यता वितरण रोक्ने निणर्य गर्दै सबै एनसीसीहरुलाई सो को कार्यान्वयन गर्न निर्देशन दिएको हो।

संघको विशेष अधिवेशन अनलाइन प्रणालीमार्फत आयोजना गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालय सकरात्मक रहेको पत्र प्राप्त भएको र स्मार्ट एनआरएनए प्रोजेक्ट अन्तर्गतकाे नयाँ एमआईएस सिष्टम अहिले परिक्षणको चरणमा रहेको भन्दै अर्काे सूचना जारी नभएसम्म सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आफ्ना मुलुकमा पन्जिकृत सदस्यता वितरण नगर्न महासचिव डा.हेमराज शर्माले परिपत्र गरेका हुन्।

संघले विशेष महाधिवेशनपछि संघको विधानमा व्यापक परिवर्तनको तयारीका लागि सदस्यता वितरणमा रोक लगाएको बताइएको छ। संघले निर्वाचन प्रणाली, सदस्यता वितरण र प्रतिनिधि चयनका विषयमा थप छलफलका लागि विषेश महाधिवेशन बोलाउने तयारी गरेको छ।

तर, अमेरिकालगायतका केही एनसीसीहरुले केन्द्रको निणर्य अटेर गर्दै सदस्यता बाँडिरहेको पाइएको छ। एनसीसी अमेरिकाले शुल्क लिएर नै सदस्यता वितरण गरिरहेकाे छ।

निःशुल्क सदस्यता वितरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिषद्को निर्वाचन प्रकृया, विद्युतीय मतदान, महाधिवेशन प्रतिनिधि चयनलगायतका क्षेत्रमा हुने पुनर्संरचना सम्बन्धी हालसालै पारित भएको प्रस्तावमा संघका कतिपय पदाधिकारीहरु असन्तुष्ट छन्।

संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले निःशुल्क सदस्यता वितरण, एमआइएस सिस्टम, संस्थामा आर्थिक सुधारलगायतका विषयमा पारित भएका प्रस्ताव सकारात्मक रहेको बताउँदै यसले संस्थामा आमूल परिर्वतन हुने दावी गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *