रेमिट्यान्स कहाँ लगानी भइरहेको छ ? के भन्छन् सरोकारवाला ?

काठमाडौं। वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स अनुत्पादित क्षेत्रमा लगानी भयो भन्न नमिल्ने सरोरकारवालाहरुले बताएका छन्। हाम्रो सम्मान परियोजनाको सहयोगमा वैदेशिक रोजगार पत्रकार सामाजले आयोजना गरेको ‘विप्रेषणको उपयोग’ छलफल कार्यक्रममा हालसम्म विदेशमा रहेका श्रमिकले पठाएको विप्रेषण श्रमिकको आवश्यकता अनुसार उपयोग भइरहेको सरोकारवालाहरूले बताएका हुन्।

कार्यक्रममा वैदेशिक रोजगार रहेका श्रमिकले देश अर्थतन्त्र, कुल ग्राहस्थ उत्पादन र गरिबी घटाउन मुख्य भूमिका निर्वाह गरेको सरोकारवालाहरुले बताएका छन्।

हालसम्म विदेशबाट आप्रवाह भएको रेमिट्यान्स सबैभन्दा बढी व्यक्तिगत उपभोगमा खर्च भइरहेको विभिन्न अध्ययन देखाएको छ। यसले गर्दा विदेशबाट पठाएको रेमिट्यान्सको सही ठाउँमा सदुपयोग भएन भन्दै विभिन्न छलफल तथा कार्यक्रम हुने गरेता पनि सही ठाउँमा सदुपयोग भएन भन्न नमिल्ने श्रम विज्ञ डा. गणेश गुरूङ बताउँछन्। उनका अनुसार धेरै जसो विदेश जाने श्रमिक निम्न वर्ग हुने भएकाले उसको सबैभन्दा पहिलो प्राथमिकता खाने तथा लाउने नै रहेको बताए। ‘मलेसिया तथा खाडी मुलुकमा जाने श्रमिक खाना नपाएकाले विदेश गएको हुन्छ,’ उनले भने, ‘विदेशमा गएका श्रमिकको पहिलो प्राथमिकता परिवारको आवश्यकता पुरा गर्नेहुन्छ। त्यसैले रेमिट्यान्सको पैसा विभिन्न क्षेत्रमा लगानी गर्नुस भन्न मिल्दैन।’

अधिकांश मलेसिया तथा खाडी मुलुकमा श्रम गर्न जाने श्रमिकको पहिलो प्राथमिकता परिवारको आवश्यता पूरा गर्ने, दोस्रोमा विदशेमा गएको ऋण तिर्ने र तेस्रोमा जग्गाजमिन किन्ने भएकाले यसमा श्रमिकको स्तर अनुसार फरक पर्ने उनको भनाइ छ।

‘विदेशको रेमिट्यान्सले नेपालीको गरिबी घटाउन र कुल ग्राहस्थ उत्पादनमा ठूलो टेवा पु¥याउनु नै ठूलो उपलब्धि रहेको उनको भनाइ छ। त्यसले गर्दा कुनै पनि श्रमिकले पठाएको विप्रेषण सही ठाउँमा सदुपयोग नभएको भन्न गलत हो,’ उनले भने।

वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई आधुनिकीकरणमा परिणत गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुणकर भट्ट बताउँछन्। नेपालमा रेमिट्यान्सको प्राप्त गरेको लामो इतिहास नरहेता पनि यसले नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पु¥याएको बताए।

हाल वैदेशिक रोजगारबाट कुल ग्राहस्थ उत्पादन २५ प्रतिशत पुगेको र गरिबी घटाएको भन्दै रेमिट्यान्सको श्रमिकको आवश्कता अनुसार सदुपयोग भइरहेको उनको बुझाइ छ।

उनका अनुसार विप्रेषणले विभिन्न आयामबाट उपयोग भइरहेको बताए। जसमा राष्ट्रिय बचत बढाएको, चालु खाता सन्तुलनमा राखेको, अर्थतन्त्रमा आवश्यक फाइनान्सिङ मिट गरेको जस्ता महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। साथै, अहिलेको बैंक तथा वित्तिय संस्थाको तरलता व्यवस्थापनको आधार नै विप्रेषण रहेको उनले उल्लेख गरे। यदि विप्रेषण कम हुन्छ भने बैंक तथा वित्तिय संस्था क्रन्च हुने उनको भनाइ छ। यसका साथै कर्जा तथा अर्थतन्त्रमा मुख्य भूमिका खेलिरहेको उनले बताए।

‘यदि रेमिट्यान्स नभएको भए हामी कुन अवस्थामा हुन्थ्यो त्यो कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने, ‘रेमिट्यान्सले गरिबी मात्रै नघटाएर विभिन्न निजी तथा सरकारी क्षेत्रमा ठूलो योगदान गरेको छ।’

यसैगरी, रेमिट्यान्सले गर्दा गुणस्तर शिक्षा तथा आधुनिकीकरण तिर डो¥याइरहेको उनको भनाइ छ। ‘अहिले हरेक मानिससँग मोबाइल छ। उक्त मोबाइलको सहायताले विश्वको अर्थतन्त्र के भइरहेको छ भन्नेबारे घरमै बसीबसी हेर्न सक्ने भएकाले यसमा पनि रेमिट्यान्सको ठूलो योगदान रहेको छ,’ उनले भने।

रेमिट्यान्सको सदुपयोग कसरी गर्न सकिन्छ ?

वैदशिक रोजगारबाट प्राप्त भएको विप्रेषणलाई कसरी उत्पादनमुलक क्षेत्रमा लगानी गरी श्रमिकले लाभ लिन सक्ने भन्ने विषयमा विभिन्न कार्यक्रम तथा छलफल चलाएता उत्पादन मुलक क्षेत्रमा युवाहरु आकर्षित हुन सकेको छैन। दैनिक हजारौंको संख्यामा विदेश पलायन भएता पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसक्नुमा विदेश जानु अघि प्रस्थानमै ठूलो समस्या रहेको श्रम विज्ञ गुरूङ बताउँछन्। सरकारले विदेश जानु अहिनै श्रमिकलाई विभिन्न उद्योगधन्दा, बैंक तथा वित्तिय संस्थामा यसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउने कार्यक्रम ल्याएका केही मात्राले आकर्षित हुने उनको विश्वास छ। यसको लागि विदेश प्रस्थान गर्नुपर्ने निती नियम परिवर्तन गरी सुधार ल्याउनुपर्ने उनको भनाइ छ।

यसैगरी, राष्ट्र बैंकका प्रवक्ता भट्टका अनुसार नेपाली श्रमिकले पूर्वाधारको विकासमा संलग्न गराई श्रमिकलाई सदुपयोग गर्न सक्ने बताए। साथै, अर्बौको उत्पादित कृषि आयात गर्ने भएकाले कृषि क्षेत्रमा लगानी गरी रेमिट्यान्सको सदुपयोग गर्न सक्ने उनको भनाइ छ।
यसको लागि स्थानीय तह, संघीय सरकार, बैंकिङ क्षेत्रसँग समन्वय गरेर कसरी सदुपयोग गर्न सकिन्न भन्ने बारेमा ध्यान दिनुपर्ने बताए। त्यस्तै, राष्ट्र बैंकले जारी गरेको बचतपत्रमा वैदेशिक रोजगारी लगानी आकर्षित नदेखिएपछि आगामी मंसिरदेखि सँधैको लागि खुल्ला गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताए।

साथै, विभिन्न देशमा रहेका श्रमिकलाई विदेशबाट पठाउको रेमिट्यान्सले पूर्वाधारमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा आपन्वत्व देखाउन सक्नुपर्ने उनको बुझाइ छ। यसको लागि प्रादेशिक सरकारले तथा बैंकिङ क्षेत्रले लगानी गर्न सक्ने गरी वैदेशिक स्किम ल्याउनुपर्ने उल्लेख गरे।

त्यस्तै, उद्योग, एयरलाइन्सले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लगानीसँग जोड्नको लागि छुट्टै शेयर जारी गरेमा केही लगानी बढ्ने उनको बुझाइ छ। त्यस्तै, म्यानुफ्याक्चरिङलाई सेक्टरलाई प्रोत्साहन गरी रेमिट्यान्सको सदुपयोग गर्न सकिने उनको भनाइ छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो