भदौमा २० अर्बले घट्यो रेमिट्यान्स, बैदेशिक रोजगारीमा जाने ९९.२ प्रतिशतले कमी

काठमाडौं। चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा रेमिट्यान्सको आप्रबाह ८.१ प्रतिशत बृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्सको आप्रबाह ०.६ प्रतिशतले घटेको थियो।

साउनको तुलनामा भने भदौ महिनामा रेमिट्यान्स आप्रबाह २० अर्बले कम भएको छ। साउन महिनामा ९२ अर्ब ७० करोड रुपैयाँ बराबरको रेमिट्यान्स आप्रबाह भएको थियो।

चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार कोरोनाका कारण विदेश जानेहरुको संख्यामा कमी आएको हो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो