माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट, १ लाख ४२ हजारभन्दा बढीले पाए सेयर

डिसी नेपाल
१९ असार २०८३ १२:१२

काठमाडौं। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) औपचारिक रूपमा बाँडफाँट गरिएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले आज शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले यसअघि गत असार ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओको बिक्री खुला गरेको थियो।

बिक्री प्रबन्धकका अनुसार तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिएकामध्ये कुल २८ लाख १५ हजार ६७९ वटा आवेदनहरू स्वीकृत भएका थिए। मागभन्दा अत्यधिक बढी आवेदन परेका कारण धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका बमोजिम गोलाप्रथा प्रक्रिया अपनाइएको थियो।

उक्त बाँडफाँट परिणामअनुसार भाग्यशाली १ लाख ४२ हजार ७६० जना आवेदकले मात्रै १०–१० कित्ताका दरले सेयर प्राप्त गर्न सफल भएका छन्। बाँकी लाखौँ आवेदकहरूको हात भने खाली भएको छ।

लगानीकर्ताहरूले आफूलाई सेयर पर्यो वा परेन भन्ने कुराको विस्तृत विवरण (नतिजा) सीडीएससीको आधिकारिक वेबसाइट, मेरोसेयर एप तथा निष्कासनकर्ता क्यापिटलको आईपीओ नतिजा प्रणालीमार्फत सजिलै हेर्न सक्ने व्यवस्था मिलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *