निक्षेप र कर्जा ०.५ प्रतिशतले बढ्यो, १ अर्ब ७६ करोड पुनर्कर्जा

डिसी नेपाल
५ कार्तिक २०७७ १७:४९

काठमाडौं। चालु आर्थिक बर्षको दुई महिनामा बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप र कर्जा प्रबाह ०.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.५प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.४ प्रतिशतले बढेको थियो। बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंशक्रमशः ७.५प्रतिशत, ३२.६ प्रतिशत र ५०.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको भदौमा यस्तो बचतको अंश क्रमशः ७.९ प्रतिशत, ३२.५ प्रतिशत र ४८.३ प्रतिशत रहेको थियो।

२०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.२ प्रतिशत रहेको छ । २०७६ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ४४.६ प्रतिशत रहेको थियो।

त्यस्तै बैंक तथा वित्तिय संस्थाले चालु आर्थिक बर्षको पहिलो दुई महिनामा ०.५ प्रतिशतले कर्जा प्रबाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशतले बढेको थियो। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ९.८ प्रतिशतले बढेको छ।

यस अवधिमा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.५ प्रतिशतले र विकास बैंकहरुको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ, भने वित्त कम्पनीहरुको १.७ प्रतिशतले घटेको छ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।

यो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र निर्माण क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले घटेको छ भने यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०।२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३।३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २.८ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ४.७ प्रतिशतले बढेको छ । ओभरड्राफ्ट कर्जा १.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.५प्रतिशतले,ट्रष्ट रिसिट (आयात) कर्जा ७.९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको छ।

१ अर्ब ७६ करोड पुनर्कर्जा

चालु आर्थिक बर्षको दुई महिनामा बैंक तथा वित्तिय संस्थाले एक अर्ब ७६ करोड रुपैयाँ बराबरको पुनर्कर्जा प्रबाह गरेका छन्। यसमध्ये साधारण पुनरकर्जा ७३ करोड र भूकम्प पीडितलाई निजी आवास निर्माण प्रदान गरिएको पुनरकर्जा १ अर्ब ३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तैगरी ३६ हजार १८१ ऋणीले ६४ अर्ब ९४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा लिएका छन्। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाका लागि २५ हजार ५८९ ऋणीले ५७ अर्ब ४४ करोड रुपैयाँ प्रबाह भएको छ भने अन्य शीर्षक अन्तर्गत १० हजार ५९२ ऋणीले ७ अर्ब ५२ करोड रुपैयाँ ऋण लिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *