आईपीएलमा सट्टाबाजी गर्ने तीनजना कलैयाबाट पक्राउ

डिसी नेपाल
५ कार्तिक २०७७ २१:४७

काठमाडौं । आईपीएलमा २०२० क्रिकेट खेलमा सट्टाबाजी खेल्ने तीन जनालाई बारा प्रहरीले कलैयाबाट पक्राउ गरेको छ । दुवईमा चलिरहेको खेलमा कलैयास्थित घरबाट सट्टाबाजी खेल्ने तीन जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जनाएका छन ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ लाख ७७ हजार ५० रुपैयाको चेक समेत बरामद गरेको जनाएको छ । पक्राउँ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.१ राजदेवी टोल बस्ने २५ वर्षीय राजुकुमार यादव, २७ वर्षीय दिपककुमार सरार्फ र २९ वर्षीय रवि दास रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *