अर्थमन्त्रीका प्रेस सल्लाहकारमा केसी

डिसी नेपाल
६ कार्तिक २०७७ १९:१९

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीति शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभर्सिटीबाट सञ्चारमा स्नातकोत्तर र नर्वेको युनिभर्सिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गरेका केसी पत्रकारितामा पिएचडी अध्ययनरत छन् । उनीसँग विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्षसमेत रहिसकेका केसी यसअघि राष्ट्रिय पुनःर्निमाण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *