ईङलिश प्रिमियर लिगमा फुल्हयाम पराजित

डिसी नेपाल
८ कार्तिक २०७७ २३:३७

काठमाडौं । ईङलिश प्रिमियर लिग फुटबलको छैटौ चरणको खेलमा क्रिष्टल प्यालेसले फुल्हयामलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो सँगै क्रिष्टल प्यालेस ईङलिश प्रिमियर लिग फुटबलको पाँचौ स्थानमा उक्लिएको छ । क्रिष्टल प्यालेसको जितमा जाईरो रियवाल्ड र वेल्फ्रेड जाहाले गोल गरे । फुल्हयामका टम केरनीले एक गोल फर्काए । क्रिष्टलका लागि खेलको आठौ मिनेटमा रियवाल्डको गोलमा अग्रता बनाएको जाहाले ६४ औ मिनेटमा अर्को गोल गरे ।

खेलको ८८ औ मिनेटमा अबुबकर कामारा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलमा फुल्ह्याम मात्र १० खेलाडीमा सिमित बन्यो । अतिरिक्त समयमा फुल्हयामका केरनीले गोल गर्दै गोल अन्तर घटाएका थिए । ६ खेलबाट क्रिष्टलको १० अंक भएको छ । अंक तालिकाको पुछारमा रहेको फुल्ह्यामको १ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *