सजग भइ दशैं मनाऔं

डिसी नेपाल
९ कार्तिक २०७७ ७:४७

माेडल : एलिशा अधिकारी

 तस्वीर : महेश प्रधान

अमेरिका। अक्षताको टीका निधारमा, जमरा कानमा सिउरेको, ठूला बडाको आशीर्वाद लिन, शिर हाम्रो निहुरेको, बितेका दुख पीडा भुल्दै,आसाको दीप जलाउनु। जे जस्तो जुट्छ हाम्रो चाड, रमाइलोसग मनाउनु। हाम्रो पौराणिक र सांस्कृतिक महत्त्व बोकेको महत्वपूर्ण र रमाइलो ठूलो चाड घर आगनमा आइपुगेको छ।

माता भवानीले महिशासुरलाई परास्त गरेर असत्य माथि सत्यको बिजय प्राप्त भएको दिन बिजयदशमी तपाईं हाम्रोलगि सदियौं देखि विशेष बन्ने गरेको छ घटस्थापनाको दिनबाट नौ दुर्गामाताको फरक फरक रुपको पूजा गरेर घरमा जमरा राखी दशौं दिन हामी आफू भन्दा ठूलाबाट टीका जमरा आशीर्वाद ग्रहण गर्छौं।

हाम्रो एउटा ठूलो चाड अर्थात् बडादशैको रुपमा साँच्चै नै विशेष तरिकाले मनाइरहेका हुन्छौं। बच्चा, युवा, बृद्ध सबैलाई यो चाडले जोड्ने गर्दछ। हामी परिवार विभिन्न कारण टाढा टाढा फैलिएको हुन्छौं तर यो दशैमा आफ्नाे मुलघर र आफन्त अग्रज ब्याक्तिबाट आशीर्वाद लिन पनि यही समय पुगेकै हुन्छौं।

हामी दैनिक काम काज छोडेर भएनी हाम्रो यो महान चाडको भव्यता र रीतिरिवाजमा केही पनि कमि आउन दिँदैनौ। याे पटक हामी कोभिड-१९को विश्वब्यापी महामारीबाट गुज्रिरहेका छौं। आर्थिक हिसावले लगभग अर्थतन्त्र धराशायी नै बन्न पुगेको छ। निकै कष्टकर समय व्यतित गरिरहेको छौं भन्दा फरक नपर्ला।

येस्तो बेलाको यो महत्त्वपूर्ण चाडको रौनक बितेको वर्ष भन्दा निकै कम देखिन्छ। जमघट र भेटघाट अनि विभिन्न सांस्कृतिक र पौराणिक झाँकीहरु हुने नाच गान कन्सर्ट हुने यो बेला लगभग चकमन्न छ। यो व्यापक सरुवा रोगको महामारीको बेला हामी आफै पनि सजक बन्नुपर्छ। येस्ता भिडभाडबाट टाडै बसेर आफूलाइ संक्रमणबाट जोगाउनु छ।

एकअर्कामा सद्भाव बाड्ने यो चाड सीमावद्ध भएर मनाउन पर्दा केही खिन्न्ता त पक्कै हुन्छ। तर पनि आफ्नाे परिवारसग विभिन्न माध्यमबाट जोडिएर हामी देख्न र बोल्न सक्छौं। अहिलेको युग प्रबिधिको युग पनि हो। हामी येस्तो महामारीसँग जुधै गर्दा हामिले महंगी र अभाव पनि भोग्नु परेको छ।

यसले हाम्रो आर्थिक पाटो निकै कम्जोर बनाइदिने छ। तसर्थ चाड फेरि आउँछ, फेरि समय बद्लिन्छ। एउटा भनाइ छ “समय सँधै उस्तै रहन्न ” येस पालीलाई हामी रोग लाग्नबाट बचौं। हाम्रो महान चाड फेरि आउने छ।माता भवानीको कृपा हामीमा बनी रहनेछ। हामी यो अवस्थाबाट पार तर्ने हिम्मत साहास जुटाउन माता भवानीको अनुपम कृपा प्राप्त गरौं । विश्व जगतको कल्याण होस। सबैमा बिजया दशमीको हार्दिक शुभकामना । जय मा दुर्गा ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *