समाप्तिको बाटोमा कांग्रेस

डिसी नेपाल
१८ कार्तिक २०७७ ९:२२
1.4k
Shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको नेपाली कांग्रेसभित्रको विवाद समाधान गर्न सोमबारदेखि पदाधिकारीको बैठक जारी छ। उक्त बैठक आज पनि बस्दैछ। विशेष गरी वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कार्यलयमा दर्ता गराएको १६ बुँदे विरोध पत्रका विषयमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ।

सोमबारको बैठकमा पौडेल पक्षधरले राखेको पदाधिकारी मनोनयन खारेजीको विषयलाई सभापति देउवाले अस्वीकार गरेको समाचार सार्वजनिक भएको छ। यससँगै कांग्रेसभित्रको विवाद थप बढ्ने देखिएको छ ।

मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला इतिहासकै कमजोर अवस्थामा पुगेको छ। २०७४ सालको संसदीय निर्वाचनमा कांग्रेस लज्जास्पद रुपमा पराजित भएको थियो।

आफ्नै नेतृत्वमा निर्वाचन गराउँदासमेत पार्टी नराम्री पराजित हुँदा पार्टीको नेतृत्व गरेका सभापति शेरबहादुर देउवाले त्यसको नैतिक जिम्मेवारी लिने हिम्मत गरेनन्। सभापतिले अभिभावकत्व लिनुपर्नेमा आफैं गैरजिम्मेवार तरिकाले पन्छिनु कांग्रेसको लागि दुर्भाग्यपूर्ण थियो।

सभापति देउवाको पाँच वर्षे कार्यकाल सबैभन्दा प्रभावहीन र विवादित रहेको कांग्रेस नेताहरु बताउने गर्दछन्। अघिल्लो निर्वाचनमा पार्टी पराजित भएपछि पार्टीलाई पुनः संगठित गरेर अर्को निर्वाचनमा ‘कमब्याक’को रणनीतिको नेतृत्व गर्नुपर्ने सभापति देउवाले पार्टीभित्रकै विवाद मिलाउन सकेनन्। पार्टीभित्रकै विभाग गठन गरेर पार्टीलाई अगाडि बढाउने सन्दर्भमै सभापति देउवा चुके।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको अवसानपछि अहिले कांग्रेसको कार्यकतासँगको सम्बन्ध टुटेको छ। १४ औं महाधिवेशनको मिति नजिकिएसँगै नेताहरु केन्द्रमा बसेर आफूलाई सभापतिको उम्मेद्वार घोषणा गर्न व्यस्त छन्। अहिले आफूलाई सभापतिको दाबेदारको रुपमा प्रस्तुत गर्ने नेताहरु देशको आधा भूभागमा समेत पुगेका छैनन्। कार्यकर्तामा नपुगी कुनै अदृष्य शक्तिले भनेको भरमा कांग्रेसका नेताहरुले आफूलाई सभापतिको उम्मेद्वार घोषणा गर्नुले अब संगठन निर्माणमा कांग्रेसका नेताहरुको रुची छैन भन्ने देखाउँछन्।

आफ्नो कार्यकालमा विभाग गठन गर्न नसकेका देउवाले म्याद थप गरेपछि विभाग गठन गरेका छन्, जुन विषयमा अहिले कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ। महाधिवेशनले निर्धारण गरेको प्राथमिक कार्यकालमै विभाग गठन गरिनुपथ्र्यो किनकि त्यो कार्यकाल पूर्ण वैधानिक थियो।

विधानले प्राथमिक रुपमा तोकेको समयमा महाधिवेशन गर्न नसकेपछि थपिएको कार्यकाल कामचलाउको हैसियतमा हुने विश्वस गरिन्छ र यो कार्यकालमा नीतिगत निर्णय गर्नुलाई अर्को महाधिवेशनलाई प्रभावित पार्ने रणनीतिमा रुपमा लिइन्छ। यही कारण सभापति विवादमा छन्।

कांग्रेस सभापति देउवा आफ्नो किचन क्याबिनेटमै रमाउने नेताका रुपमा देखिए। आसेपासे र चाकडीबाजका कुरा सुन्ने र त्यही साँघुरो घेरामा रमाउने देउवाको शैलीका कारण दूरदराजका कार्यकर्ताहरु पार्टीकाट टाढिए। देउवामात्र होइन गिरिजाप्रसाद र सुशील कोइरालापछि कांग्रेसमा कार्यकर्ता माझमा झिज्न सक्ने र कार्यकतामाझ निरन्तर पुग्न सक्ने नेता भएनन्। भएका तल्लो तहमा रहे, नेतृत्व र नीतिगत तहमा उनीहरुको पहुँच भएन।

सुदूरपश्चिमको कमाण्डर हुँदै केन्द्रको कमाण्डर बन्न पुगेको देउवामाथि ७७ वटै जिल्ला नपुगेको आरोप लाग्ने गरेको छ। राजनीतिक दल भनेकै बेला बेलामा जनता र कार्यकर्तामाझ पुगेर आफ्नो विचार र सिद्धान्त प्रवाहित गर्ने र राजनीतिक गतिविधिमा कार्यकर्ता र जनतालाई सहभागी गराउनका लागि हो।

राजनैतिक दलको आधार तल्लो तहका जनता र कार्यकर्ता हुन्। दलले जनतालाई विश्वासमा लिएर आफ्ना मतदातामा परिणत गर्ने र देश संचालनको नेतृत्व लिने बहुदलीय प्रजातान्त्रिक प्रणालीको प्रक्रिया हो। तर, कांग्रेसको माथिल्लो तह तल्लो तहसम्म पुग्न नसक्दा कांग्रेस ‘ग्रासरुट’ तहमै कमजोर बन्न पुगेको छ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको अवसानपछि अहिले कांग्रेसको कार्यकतासँगको सम्बन्ध टुटेको छ। १४ औं महाधिवेशनको मिति नजिकिएसँगै नेताहरु केन्द्रमा बसेर आफूलाई सभापतिको उम्मेद्वार घोषणा गर्न व्यस्त छन्। अहिले आफूलाई सभापतिको दाबेदारको रुपमा प्रस्तुत गर्ने नेताहरु देशको आधा भूभागमा समेत पुगेका छैनन्।

कार्यकर्तामा नपुगी कुनै अदृष्य शक्तिले भनेको भरमा कांग्रेसका नेताहरुले आफूलाई सभापतिको उम्मेद्वार घोषणा गर्नुले अब संगठन निर्माणमा कांग्रेसका नेताहरुको रुची छैन भन्ने देखाउँछन्।

कार्यकर्ताको भावना नबुझेर केन्द्रमा बसेर आरोप प्रत्यारोपमा कांग्रेसका नेताहरुले समय बिताउन थालेका छन्। कांग्रेसका नेताहरुलाई जनता समाजवादीका नेताहरु जत्तिको पनि जनता र कार्यकर्ताको घरदैलोमा पुग्ने आँट राख्न छोडेको आरोप लाग्ने गर्छ। इतिहासमै आफ्नो अस्तित्व संकटमा परेका बेला कांग्रेसका नेताहरु कार्यकर्ता र जनतामाझ गएर पार्टीको अस्तित्व रक्षा गर्ने भन्दा पनि आफ्नो पद कसरी सुरक्षित गर्ने भन्नेमै चिन्तित देखिन्छन्।

गत निर्वाचनमा कम्युनिष्ट पार्टीले त्यत्तिकै निर्वाचन जितेको होइन। कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता कुनै न कुनै रुपमा जनता र कार्यकर्ताका घर दैलोमा पुग्ने गरेका छन् । त्यत्तिकै उनीहरुले आगामी निर्वाचन पनि जित्ने हिम्मत राखेका होइनन्।

र, अहिले पनि कम्युनिस्टको जनता र कार्यकर्तासँगको सम्बन्ध र समन्वय कांग्रेसको भन्दा राम्रो छ । यही रुपमा कांग्रेसका नेताहरु पार्टीभित्र आफ्नो पद सुरक्षित राख्नेमै तल्लीन हुने हो भने अर्को निर्वाचनमा कांग्रेसको अस्तित्व अझै संकटमा पर्ने निश्चित छ।

अहिले कांग्रेसभित्र सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरबीच आरोप प्रत्यारोप भइरहेको छ। सभापति देउवाले पौडेल समूहका माग पूरा गरेपनि खारेज गरेपनि वा दुवै जना केन्द्रमा मिलेपनि यतिबेला कांग्रेसको साथमा जनता देखिएका छैनन्। अन्तर्राष्ट्रिय रुपमा पनि कांग्रेसको साख पहिलाको जस्तो छैन। जनता, आम बुद्धिजिवीमा पनि कांग्रेसप्रतिको लगाव पहिलेको जस्तो देखिँदैन।

केही दिन अगाडि एक टेलिभिजन अन्तर्वार्तामा केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेस प्रजापरिषद बन्न लाग्यो, त्यसबाट जोगाउन म सभापतिको उम्मेद्वार बन्छु भनेर घोषणा गरेकी थिइन्।

सुजाता सभापति बन्ने विषय कति सत्य हो त्यो थाहा छैन, तर कांग्रेस प्रजापरिषद बन्न लागेको कुरा चाँही सत्य हो। राजनैतिक पार्टीलाई धान्ने आधार जनतामै जान नचाहने यस्तै रवैया रहिरहेमा कांग्रेस इतिहासमा मात्र सीमित हुने निश्चित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *