दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरेपछि श्रमकाे परराष्ट्र मन्त्रालयलाई पत्र

डिसी नेपाल
१९ कार्तिक २०७७ १७:५८

काठमाडौं । श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपाली दूतावासहरुले वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण नगरेपछि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र काटेको छ । श्रम मन्त्रालयले मंगलबार सम्बन्धित दूतावासहरुलाई तत्काल माग प्रमाणीकरण  गराउन  निर्देशन दिन भन्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो।

विदेशस्थित नेपाली दूतावासहरुले हालसम्म पनि कुनै मागपत्र प्रमणीकरण नगरेको भन्दै आजकै मितिदेखि मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित निकायलाई आदेश जारी गर्न मन्त्रालयले पत्रचार गरेको छ। दूतावासहरूसँग समन्वय गरी नेपाली श्रमिकहरुलाई वैदेशिक रोजगारीमा जाने वातावरण बनाइदिन मन्त्रालयले आग्रह गरेको हाे ।

कोरोना महामारी कारण केही समय बन्द भएपनि अहिले खाडी तथा केही युरोपियन मुलुकका रोजगारदाताहरुले नेपाली श्रमिक लैजान इच्छा देखाएको वैदेशिक रोजगार व्यवसायीहरुले बताउँदै आएका छन्।

गत भदौ १४ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेकाे वैदेशिक रोजगारी खुल्ला गर्ने निर्णय गरेको थियो।  निर्णय भएको २ महिना बितिसक्दा पनि नयाँ मागपत्र प्रमाणीकरण भएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *