आईपीएलः रोमाञ्चक खेलमा बेंगलोरलाई पराजित गर्दै हैदरावाद क्वालिफायर २ मा
काठमाडौं। रोयल च्यालेन्जर्स बेंगलोर इलिमिनेटरमा सन राइजर्स हैदरावादसँग पराजित हुँदै आईपीएलको जारी सिजनको उपाधि दौडबाट बाहिरिएको छ। रोमाञ्चक खेलमा हैदरावादले बेंगलोरलाई ६ विकेटले पराजित गर्यो।
पहिला ब्याटिंग गरेको बेंगलोरले ७ विकेटमा १३१ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको हैदरावादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो। हैदरावादको जितमा केन विलियम्सले नटआउट ५० रनको योगदान दिए भने जेसन होल्डरले अन्तिम ओभरमा लगातार दुई चौका प्रहार गर्दै जित दिलाए।
हारसँगै यो कहिल्यै पनि आईपीएल उपाधि नजितेको बेंगलोरको आईपीएलको जारी यात्रा टुंगिएको छ। हैदरावादले फाइनलमा पुग्न अब ८ तारिखमा दिल्ली क्यापिटल्ससँग क्वालिफायर २ खेल्ने छ। मुम्बई इण्डियन्स यसअघि नै फाइनल पुगिसकेको छ। १० तारिखमा फाइनल हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment