एक पनि खेल नखेलेरै फर्किने भए सन्दीप, आईपीएल उपाधि मुम्बईलाई

डिसी नेपाल
२५ कार्तिक २०७७ २३:१७

काठमाडौं। नेपाली स्पीनर सन्दीप लामिछाने सम्लित दिल्ली क्यापिटल्स फाइलनमा मुम्बई इण्डियन्ससँग पाँच विकेटले पराजित भएको छ। मंगलबार दुबईमा भएको फाइनलमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले पाँच विकेट गुमाएर प्राप्त गर्दै पाँचौ पटक उपाधिमाथि कब्जा गर्यो।

मुम्बईलाई उपाधि दिलाउन फाइनलमा बलिंगतर्फ ट्रेन्ट बोल्ट र जयन्त यादवले सनसनीपूर्ण योगदान दिए भने ब्याटिंगमा कप्तान रोहित शर्मा, इशान किसन र सूर्यकुमार यादवले योगदान दिए।

टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीलाई सस्तैमा रोक्न ट्रेन्ट बोल्टले पहिलो बलमै विकेट लिए। उनले पहिलो बलमा मार्कोस स्टोइनिसलाई क्याच आउट गराएका थिए। त्यसपछि टिमको तेस्रो तथा आफ्नो दोस्रो ओभरमा उनले अजिंक्या रहाणेको पनि विकेट लिए।

पाँचौ ओभरमा शिखर धवनलाई जयन्त यादवले बोल्ड गरेपछि दिल्ली पावर प्लेमै लडखडाएको थियो। त्यसपछि कप्तान श्रेएस अय्यर र ऋषभ पन्तले मध्यक्रममा टिमलाई उकास्दै सम्मानजनक स्कोरसम्म पुरएका थिए। पन्तले ५० रन बनाए भने अय्यरले ६५ रन बनाएका थिए।

उता सानो लक्ष्य पाएको मुम्बईले पावर प्लेमा विस्फोटक ब्याटिंग गरेको थियो। मुम्बईका लागि रोहित शर्माले ५१ बलमा ६८ रन बनाए। यस्तै इशान किसानले १९ बलमा नटआउट ३३ रन बनाएपछि टिमले पाँचौ पटक तथा लगातार दोस्रो पटक उपाधि उचाल्यो।

दिल्लीले सन्दीपलाई एक पनि खेलमा मौका नदिएपछि उनी एक खेल पनि नखेर घर फर्किने भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *