सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन

डिसी नेपाल
३० कार्तिक २०७७ २३:४४

काठमाडौं । न्युजिल्यान्डकी क्रिकेटर सोफी डिवाइन बिग बास लिगमा सय छक्का प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन । उनले महिला बिग बाश लिग अन्तर्गत शनीवार मेलबर्न रेनेगेड्स विरुद्व भएको खेलमा यो किर्तिमान पुरा गरेकी हुन । सोफीले उक्त खेलमा अविजित ७७ रनको पारी खेल्दै पर्थ स्कोचर्सलाई ९ विकेटले जित दिलाईन । पर्थ स्कोचर्सले उक्त खेल ३१ बल बाँकि रहदै जितेको थियो । आफ्नो ७७ रनको पारीमा सोफीले ३ छक्का प्रहार गरेकी थिईन ।

देब्रे हाते खेलाडी सोफीले अहिले सम्म महिला बिबिएलमा ७४ खेल खेलेकी छिन र १०१ छक्का प्रहार गरेकी छिन । उनले महिला बिबिएलमा ३९.८८ को औसतमा २ हजार ४ सय ३३ रन बनाएकी छिन । यसक्रममा उनको अधिकतम स्कोर अविजित १०३ रन रहेको छ । उनले अहिले सम्म महिला बिबिएलमा १५ पटक ५० भन्दा बढी रन बनाएकी छिन । साथै जारी प्रतियोगितामा उनले २ सतक पनि प्रहार गरेकी छिन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *