कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु

डिसी नेपाल
१३ मंसिर २०७७ १७:३३

कञ्चनपुर । कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । भिमदत्त नगरपालिका २ महुलिया बस्ने सरस्वती भट्टको सेफ्टी ट्याङ्की सफा गर्नेक्रममा सोही नगरपालिका १८ सालघारी बस्ने ४० वर्षीय घुमन डगौरा र सोही नगरपालिका ४ जनज्योति चोक बस्ने २६ वर्षीय गणेश रानाको शुक्रबार राति मृत्यु भएको छ ।

दुवै जना सेफ्टी ट्याङ्कीमा फसेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सेफ्टी ट्याङ्कीबाट उनीहरुको शव निकालेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *