‘युवा संघका डन’ हरूले बाटो रोकेपछि झडप भयो : नगरप्रमुख न्यौपाने

डिसी नेपाल
१७ मंसिर २०७७ १५:५२

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। व्यास नगरपालिकामा नवनिमिर्त पुल उद्घाटनमा व्यास पुगेका नेता पौडेललाई निषेधाज्ञा उलंघन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले डिसी नेपाललाई बताए।

नेकपा निकट युवा संघ र नेपाली कांग्रेस निकट तरुणदलकाबीच पुल उद्घाटन गर्ने विषयमा विवाद भएको थियो। विवादले झडपको रुप लिँदा नेपाली कांग्रेस सम्बद्ध १० जना नेता तथा कार्यकर्ता घाइते भएको नगरप्रमुख न्यौपानेले जानकारी दिए। न्यौपानेले भने, ‘युवा संघका डनहरुले बाटो रोकेपछि झडप भयो। झडपमा नेपाली कांग्रेसका १० जना नेता तथा कार्यकर्ता घाइते भएका छन्।’

‘सडकभरी प्रहरी तैनथ गरेर सरकारले निषेधाज्ञा जारी ग¥यो।’ न्यौपानेले भने, ‘हामी हजारौं नेता तथा कार्यकर्ता जुलुससहित पुल उद्घाटनका लागि जाँदै थियौं बल प्रयोग गरेर नियन्त्रणमा लिए।’

े‘उनीहरुले उद्घाटन गर्न नदिने रे?’ नगरप्रमुख न्यौपानेले भने, ‘हामी अझै सडकमै छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *