पौडेलको गिरफ्तारी : सशक्त प्रतिरोध गर्ने काँग्रेसको चेतावनी

डिसी नेपाल
१७ मंसिर २०७७ १७:२९

काठमाडौं। काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटनको क्रममा तनहुँमा प्रहरीले नियन्त्रणमा लिएपछि कााग्रेस कडा विरोध जनाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्त् िजारी गर्दै यो सर्वसत्तावादको संकेत भएको टिप्पणी गरेका छन्।

देउवाले भनेका छन्, ‘घटना आपत्तिजनक एवं निन्दनीय छ। सरकारको प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध गरिनेछ।’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथी गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ। सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु।’

वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा यो घटना भएको काँग्रेसको आरोप छ। देउवाले भनेका छन्, ‘अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु।’

उता काँग्रेस महामन्त्री डा. शसांक कोइरालाले पनि पौडेलको रिहाईको माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै महामन्त्री कोइरालाले भनेका छन्, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नियन्त्रणमा लिइनु निन्दनीय र घोर भत्र्सनायोग्य छ। लोकतान्त्रिक मूल्यमान्यतामै प्रश्न उठ्ने गरि भएको यस्तो कार्यको जति निन्दा गरेपनि कम हुन्छ। कांग्रेस वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम विथोल्ने गरि निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग हो। कुनै राजनीतिक दलका नेतालाई कार्यक्रममै जान रोक लगाउनुले सरकारको तानाशाही प्रवृत्ति प्रष्ट भएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *