पौडेलको गिरफ्तारी: ओलीका लागि निकै महँगो पर्ने गगन थापाको आक्रोश

डिसी नेपाल
१७ मंसिर २०७७ १७:५५

काठमाडौँ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटनको क्रममा तनहुँमा प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस नेता गगन थापाले कडा विरोध जनाएका छन् ।

नेता थापाले ट्विटरमार्फत घटना नियोजित र राजनीतिक प्रतिशोधात्मक भएको टिप्पणी गरेका छन् । उनले ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ओलीका लागि यो निकै महँगो पर्ने बताएका छन् ।

‘नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन।यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ।’ उनले लेखेका छन् ।

उता काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् । यस्तै काँग्रेस महामन्त्री डा शसांक कोइरालाले पनि पौडेलको रिहाईको माग गरेका छन्।

तनहुँको ब्यास नगरपालिकाको एक र १० नम्बर वडालाई जोड्ने पक्की पुल उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस कार्यकर्ताहरुले तनहुँको ब्यासमा विरोध प्रदर्शन समेत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *