वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिने अर्थमन्त्रीको प्रतिबद्धता

डिसी नेपाल
१७ मंसिर २०७७ १८:०३

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरसको प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँग बुधवार भएको भेटमा अर्थमन्त्री पौडेलले गुनासाहरुलाई सम्बोधन गर्दै बजेट र मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्परता लिएको बताए।

निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न उनले ब्यबसायीहरुलाई आग्रह गरे। अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको स्पस्ट पारेका छन्।

‘रोगजारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्ववपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ । त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हत्तोत्साहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैन ।’, उनले भने ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रुपमासमेत छलफल गर्ने भन्दै व्यवहारिक र कार्यान्वयन जान सकिने सुझावहरु दिन निजी क्षेत्रलाई आग्रह समेत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *