वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार दिउँसो उनको गृह जिल्ला तनहुँमा प्रहरीले गिरफ्तार गरेको विरोध नेपाल विद्यार्थी संघले साँझ काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
तनहुँको व्यास नगरपालिकाको एक पुलको उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको थियो।
प्रहरीले अहिले नेता पौडेललाई रिहा गरिसकेको छ। पौडेललाई नियन्त्रणमा लिएपछि काँग्रेस सरकारप्रति आक्रोशित बनेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै उनलाई नियन्त्रणमा लिनु सर्वसत्तावादको संकेत भन्दै सरकारको निन्दा गरेका छन्।
विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई नेविसंघका अध्यक्ष राजीव ढुंगाना लगायतले सम्बोधन गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment