सुनको मूल्यमा १ हजार ६ सयले वृद्धि

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६ सयले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला १ हजार ६ सयले वृद्धि भई ९२ हजार ६ सयमा कारोवार भएको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन पनि तोलामा १ हजार ६ सयले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रतितोला ९० हजार ५ सय ५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार १ सय ५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ। प्रतितोला १ हजार १ सय ८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला १ हजार २ सय ५ मा खरीदबिक्री भएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो