सशस्त्र प्रहरीमा सात डिआइजीका लागि दर्जन एसएसपी प्रतिश्पर्धामा

डिसी नेपाल
२० मंसिर २०७७ १०:०७

काठमाडौं। सशस्त्र प्रहरीमा सात डिआइजीले मंसिर २७ देखि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएपछि दर्जन एसएसपीहरु बढुका लागि प्रतिस्पर्धा गर्दैछन्।

सशस्त्र प्रहरी बल स्थापना हुँदा २०५८ सालमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी हाल डिआइजी रहेका नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले २७ मंसिरबाट अनिवार्य अवकाश पाउने भएका हुन्।

२८ मंसिर २०४७ मा नेपाली सेनामा प्रवेश गरेका उनीहरूको ३० बर्से सेवा अवधि यही २७ मंसिरमा सकिँदै छ। एउटा डीआईजी पद भने लामो समयदेखि रिक्त रहेको छ।

रिक्त हुने सात डीआईजी पदका लागि १२ जना एसएसपी प्रतिस्पर्धामा छन्। एसएसपी अभिकुमार खत्रीलाई कामू डिआइजीको जिम्मेवारी दिएका कारण उनको बढूवा हुनेमा पक्का पक्की देखिएको छ। १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनी ३ असार २०५६ मा प्रहरी निरीक्षक बनेका थिए।

उनलाई अहिले नम्बर ६ बाहिनीको निमित्त बाहिनीपतिको जिम्मेवारीसमेत दिइसकिएको छ। लामो समय आर्थिक प्रशासन महाशाखामा रहेका कारण खत्रीको ट्रयाक रेकर्ड राम्रो नभएकाले उनको बढुवा हुनेमा दोधार रहेको हल्चोक मुख्यालय स्रोतले जनाएपनि उनलाई निमित्त प्रमुख दिएकाले बढुवा हुनसक्ने आँकलन गरिएको छ।

डिआईजीका लागि वरिष्ठताका आधारमा शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी छन्। उनीहरू सबै जना खत्रीसँगै १७ चैत २०७३ मा एसएसपीमा बढुवा भएका थिए। कुलबहादुर नेम्वाङ, कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक छन्।

स्रोतका अनुसार, वरिष्ठताका आधारमा अघि रहेका खत्री, सुवेदी, ठाडामगर, भट्टराई, गिरी र नेम्वाङ डीआईजी हुने पक्काकक्की जस्तै छ।
सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ। जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *