लामो संवादहिनता तोड्दै ओली र प्रचण्डबीच एक्लाएक्लै वार्ता
काठमाडौं। सत्तारुढ दल नेकपामा दुई अध्यक्षबीचको लामो संवादहिनता तोडिएको छ। शनिबार सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २६ दिनपछि एक्लाएक्लै वार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता भएको हो। सचिवालय बैठक अघि दुई अध्यक्षबीच वार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सचिवालयमा दुई अध्यक्षले पेश गरेको छुट्टाछुट्टै राजनीतिक प्रस्तावमा छलफल हुने बताइएको छ।
तर, प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म ओलीले बैठकमा सहभागी नहुने बताएपछि नेकपा विवादतर्फ धकेलिएको छ। यस्तो बेला दुई अध्यक्षबीच भेटवार्ता भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment