प्रधानमन्त्री ओली सहभागी नेकपा सचिवलाय बैठक बालुवाटारमा जारी

डिसी नेपाल
२० मंसिर २०७७ १५:१२

काठमाडौं। यसअघि विधान विपरित बोलाइएको बैठकमा सहभागी नहुने अडानमा रहेका प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्ततः नेकपा सचिवलाय बैठकमा सहाभागी भएका छन्। बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्रीसहित नौ जना सचिवालय सदस्य सहभागी छन्।

बैठक सुरु हुनु अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै वार्ता भएको थियो। प्रचण्डसँगको छलmल पछि ओली सचिवालय बैठकमा सहभागी भएका हुन्।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले यसअघिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ।
कात्तिक २८ गते बसेको सचिवलाय बैठकमा प्रचण्डले ओलीमाथि विभिन्न आक्षेप लगाएको १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए।

त्यसको जवाफमा ओलीले मंसिर १३ गते बसेको सचिवालयमा बैठकमा ३८ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए। प्रचण्डले ओलीमाथि आरोप लगाउँदै प्रतिवेदन प्रस्तुत गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो। बुधबार बसेकोसचिवलाय बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि आज बस्ने गरी स्थगित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *