तीनवटा देशबाट कोरोनाको खोप ल्याउने प्रयास भएको छ : डा. भगवान कोइराला

डिसी नेपाल
२० मंसिर २०७७ २१:५८

वासिंगटन डिसी। नेपालले तीनवटा देशबाट कोभिड १९ को भ्याक्सिन प्राप्त गर्न नेपाल सरकारले प्रयास गरिरहेको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले बताएका छन्। उनले रकम नै तिरेर वा उपहारका रुपमा वा जे रुपमा भए पनि खोप प्राप्त गर्ने कुरा भइरहेको बताए। नेपाल सरकारले चीन, रुस र भारतसँग खोप प्राप्त गर्नका लागि पत्राचार गरेको आफूले जानकारी पाएको उनले बताए।

सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस(सान) र नेपाली नर्सेस एसोसिएसनको संयुक्त आयोजनामा शनिवार विहान भएको वेभिनारमा डा.कोइरालाले सो कुरा बताएका हुन्। नेपालले कोल्ड चेनको उचित व्यबस्था गरेर खोप ल्याउन मुस्किल हुने भएकाले सामान्य रेफ्रिजेरेटेरमा राखेर व्यबस्थापन गर्न सकिने खोप नै नेपालका लागि उचित हुने उनले बताए।

उनले कोभिड १९ को महामारीको यो समयमा नर्सहरुलाई काम लगाएर तलवसम्म पनि नदिने काम अस्वीकार्य भएको बताए। कतिपय निजी अस्पतालमा कार्यरत नर्सहरुबाट गुनासो आएको सन्दर्भमा उनले सबैले मिलेर आवाज उठाउनु पर्ने बताए। ‘यो महामारीमा स्वास्थ्यकर्मीहरुले जुन साहास गरेर उपचारमा संलग्न हुनुभएको छ त्यो

डा. सन्तोष सापकोटा

गर्व गर्न लायक छ’, उनले भने, ‘बाँचेर कोभिडलाई पछाडि फर्किएर हेर्न पाएको दिन हाम्रो कामको महत्व हुन्छ, तलबाट नभए माथिबाट पनि हुन्छ, हुन त म पूजाआजामा धेरै विश्वास गर्दिन तै पनि हाम्रो कामको भ्याल्यू निश्चितरुपमा हुन्छ भन्ने लाग्छ।’

कात्तिक महिनामा आर्यघाटको रेकर्ड हेर्दा गतबर्षको भन्दा तीनगुणा बढेको उल्लेख गर्दै उनले नेपालमा टेष्टिंग कम भएकाले संक्रमितहरुको संख्या घटेको देखिएको बताए। स्वास्थ्यकर्मीहरुले विरामीको सेवा र आफ्नो अधिकारको कुरा उचितरुपमा व्यबस्थापन गरेर काम गर्नु पर्ने उनले बताए।

सानकी अध्यक्ष मञ्जु कार्की संग्रौलाले सञ्चालन गरेको सो वेभिनारमा अमेरिका नेपाल मेडिकल एसोसिएशनका पूर्वअध्यक्ष डा. सन्तोष सापकोटाले राजनीतिकर्मीप्रति नभई व्यवसायप्रति वफादार भएर आफ्ना समस्यामा दरिलो आवाज उठाउनुपर्ने बताए।

व्यबसायमा राजनीति छिर्दा समस्या आएको दावी गर्दै उनले व्यबसायिक एकता आवश्यक रहेको नर्सहरुको कार्यक्रममा बताएका थिए।

प्राध्यापक चन्द्रकला शर्मा

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले सोसाइटी अफ अमेरिकन नेप्लिज नर्स(सान)ले महामारीको शुरुवातदेखि नै अमेरिकामा नेपाली समुदायलाई सेवा पुर्याएकोमा प्रसंसा गर्दै धन्यवाद ज्ञापन गरे।

उनले स्वास्थ्यकर्मीहरुले खानासमेत नखाई विरामीको सेवा गरे पनि विरामीको मृत्यु भएमा उल्टै पिटाइ खानुपर्ने वाध्यता रहेको सन्देश जाने टिकटक भिडियो प्रस्तुत गरेका थिए।

मञ्जु कार्की संग्रौला

कार्यक्रममा प्राध्यापक चन्द्रकला शर्माले कोभिड महामारीमा बालबालिकामा परेको असर बारे प्रस्तुतिकरण दिएकी थिइन्। कार्यक्रममा नेपाल नर्सिङ्ग संघकी अध्यक्ष मनकुमारी राईले सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *