होसियार, कोरोना त्यसै छिर्दैन, छिरे सद्देकै पनि फोक्सोको क्षमता घटाउँछ : डा.राजु

डिसी नेपाल
२२ मंसिर २०७७ ११:४८

वसिंगटन डिसी। अमेरिकाको भर्जिनियास्थित विन्चेष्टर मेडिकल सेन्टरमा छाती रोग विशेषक्षका रुपमा कार्यरत नेपाली डाक्टर राजु विश्वकर्माले फोक्सो जोगाउन कोरोनाको संक्रमणबाट जोगिन आग्रह गरेका छन्।

फोक्सोका दीर्घरोगीहरुलाई कोरोना लागेर समस्या पर्यो भने निको हुन समय लाग्ने हुन्छ, उनले भने, होसियारी अपनाउनु नै यसको पहिलो उपचार हो, यसका लागि भिडभाडमा नजाने, जानै पर्ने वाध्यता भए मास्क लगाउने गर्नु उपयुक्त हुन्छ।

‘फोक्सोका रोगीले खोकी बढे, छाती दुखे चाडो अस्पतला जाउँ,’ उनले भने,‘ हरेक दिन इनहेलर लिने विरामीले त्यो छोड्नु भएन। जोगिँदा जोगिँदै पनि कोरोनाको संक्रमण भए रेस्क्यू इनहेलर लिनुपर्छ, डाक्टरको सल्लाहअनुसार दैनिक चार देखि ६ घण्टाको फरकमा यति गर्दा पनि अप्ठेरो भए नकुर्नुहोस् अस्पताल जानुहोस्।’

डिसी नेपालको अमेरिकाबाट प्रसारण हुने हेल्थ कन्सर्न कार्यक्रमका लागि प्रस्तोता किरण ढकालसँग कुरा गर्दै डा. राजुले कोरोना भई निको भएका विरामीको पनि फोक्सोमा निकै असर परेको पाइएको बताए।

कोरोनाले अरु रोग नभएका व्यक्तिको पनि फोक्सोको क्षमता घटाएको पाइएको छ।’ छाती र कोरोना रोगबीच विशेष सम्बन्ध देखिएको बताउँदै उनले भाइरसले शरीरलाई जित्न खोज्ने र शरीरले भाइरस जित्न खोज्न लडाईंमा धेरै केमिकलहरु शरीरभित्र उत्पादन हुने र यसले इन्फ्लेमेशन भई शरीरलाई हानि पुर्याउने बताए।

कोरोना शरीरभित्र त्यत्तिकै नछिर्ने बताउँदै उनले नाक, मुखबाट सास लिँदा सास नलीमा हुने रिसेप्टरमा टासिने र सोहीमाध्यमबाट शरीरभित्र छिर्ने गरेको बताए। कोरोनाको भाइरस छिर्ने बाटो नाक मुख र कतिपय अवस्थामा आँखा पनि भएको बताउँदै उनले भाइरस छिर्नै नदिने र छिरिहाले पनि कममात्रमा छिर्ने गरी होसियारी अपनाउनु पर्ने बताए।

‘यसका लागि सही तरिकाले मास्क लगाउनु पर्छ’, उनले भने, ‘मास्कले भित्र छिर्ने भाइरसको संख्या घटाउँछ र आफूबाट अरुमा सर्ने संख्या पनि घटाउँछ त्यसैले उचित तरिकाले मास्क लगाए कोरोना सर्न रोकिन्छ, सरिहाले पनि थोरै भाइरसमात्र सर्छ जसलाई शरीरले सजिलै जित्न सक्छ।’ उनले मास्क सही तरिकाले कसरी लगाउने भन्नेबारे पनि भिडियोमा देखाएका छन्।

नेपालमा कोरोनाबारे हेलचेक्र्याइ भएको बताउँदै उनले हाच्छ्युँ गरेर कोरोना नभाग्ने बरु अझ सर्ने भएकाले हेलचेक्र्याइ नगर्न आह्वान गरे। डा.राजुसँगको कुराकानीकाे भिडियाे संवाद:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *