संसद विघटनको सिफारिस लिएर ओली पुगे शितलनिवास
फाइल तस्विर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद बिघटनको सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितल निवास पुगेका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।ओलीले अध्यक्ष प्रचण्डलाई भेट नगरीकनै राष्ट्रपति भण्डारीलाई भेटन शितल निवास पुगेका हुन्। प्रधानमन्त्री ओलि र राष्ट्रपति भण्डारीबिच ११ बजेदेखि भेटबार्ता सुरु भएको शितलनिवास श्रोतले जनाएको छ।
नेकपाको स्थायी कमिटी बैठक अघि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गरेका हुन्। प्रधानमन्त्रीको यस कदमको चौतर्फी रुपमा विरोध हुन थालेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment