प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्दै भएको थियो अविश्वास प्रस्ताव दर्ता

डिसी नेपाल
५ पुष २०७७ १६:५०
2.1k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गर्नुअघि नै उनीविरुद्ध नेकपाकै सांसदहरुले संसद सचिवलायमा अविश्वासको प्रस्ताव दर्ता गरेको पाइएको छ। नेकपाका ९० जना सांसद्हरुको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल व्रचण्डलाई भावी प्रधानमन्त्री प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता भएको थियो। अविश्वासको प्रस्ताव ल्याउँदा भावी प्रधानमन्त्रीको नामसहित प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डको नाम प्रस्ताव गरिएको हो।

तर, संसद विघटन भइसकेकाले यो प्रस्ताव भने अब अलपत्र परेको छ। र देश नयाँ राजनीतिक उथलपुथलमा गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *