अमेरिकामा पहिलो पटक विवाह पञ्चमी मनाईयो

डिसी नेपाल
७ पुष २०७७ ८:३५

काठमाडौं। अमेरिकामा पहिलो पटक विवाह पञ्चमी मनाइएको छ। मिथिला सेन्टर अमेरिकाद्वारा ऐतिहासिक विवाह पञ्चमी महोत्सव भव्य समारोहकाबीच सफलता पूर्वक सम्पन्न भएको छ आयोजकले जानकारी दिएको छ।

नेपालको जनकपुरधाममा शताब्दीयौं पहिले आयोजित भगवान श्रीराम र देवी सीताको विवाह समारोहको स्मरणमा विवाह पञ्चमी उत्सव मनाईने गरिन्छ। जीवनमा आउने हरेक कठिनाइका बाबजुद् पनि अटल मानव बन्धनको प्रतीकका रुपमा रहेको विवाह पञ्चमी मिथिला समुदायको बाहुल्यता रहेको जनकपुरधाममा रहेक वर्ष मनाईदै आइएको छ।

अमेरिका स्थिति मिथिला सेन्टरले पहिलो पटक आयोजना गरेको विवाह पञ्चमीमा संस्थापक अध्यक्ष अमित शाहले यस्ता कार्यक्रममो विश्वमा मानवता र सांस्कृतिक मूल्यमान्यतालाई प्रवर्धन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘तपाईंको निरन्तर सहयोग र सहभागिताले हामीलाई मानवता, सांस्कृतिक मूल्यमान्यतालाई प्रवर्धन गर्ने यस्ता कार्यक्रमको आयोजना गरि रहन प्रेरित गर्नुको साथै विश्वका लाखौ लाख मानिसहरुलाई उनीहरुको संस्कृति सम्पदा र परम्पराको प्रवद्र्धन र संरक्षण गर्न प्रोत्साहित गर्नेछ भन्नेमा हामी दृढ विश्वास गर्दछौं।’

सांस्कृतिक मूल्य शताब्दीयौं पुस्तासम्म परिवारको रूपमा रहन्छ, दुई व्यक्तिको मात्र नभई, समाज र देशहरूको पनि रहेको सन्देश विवाह पञ्चमीले दिने गरेको छ। जाति, धर्म, रंग, लिङ्गको पर्वाह नगरी मानवता, समानता र एक अर्कालाई सम्मानका आधारमा समाजमा परिवार र सम्बन्धको यस्तो मूल्य बढाएको विवाह पञ्चमी आयोजकले बताएका छन्। उनीहरुले भने, ‘त्यसकारण हामीले भगवान श्रीराम र देवी सीताको अनन्त विवाहको स्मरणार्थले त्यस्ता संस्कार मुल्यलाई प्रवर्धन गर्ने प्रयास गरेका हौं।’

विवाह पञ्चमी महोत्सव अमेरिका कार्यक्रममा जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा आयोजित विवाहपञ्चमी समारोहको प्रत्यक्ष प्रसारण, सार्वजनिक स्वास्थ्य सुरक्षा र सामाजिक दुरीका लागि एनवाइसीले दिईएको दिशा निर्देशन अनुरुप हिन्दू केन्द्र मन्दिरमा प्रार्थना समारोह समावेश गरिएको थियो। नेपाल, भारत र संयुक्त राज्य अमेरिकाका प्रतिनिधि एवम् समाजका प्रतिष्ठित महानुभावहरुको अनलाइन मार्फत उपस्थिति र सम्वोधन एवम् शुभकामना अदान प्रदान गरेपछि नेपाल, भारत र अमेरिका कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *