चुनावको नतिजालाई लिएर यस्ता विवाद असफल गणराज्यमा हुन्छन् : पूर्व राष्ट्रपति बुश
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुशले अमेरिकी संसदमा भएको घटना निन्दनीय भएको बताएका छन्। एक प्रेसविज्ञप्ति जारी गर्दै बुशले हिंसालाई राजद्रोह र पागलपनको संज्ञा दिएका छन्।
उनले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘चुनावको नतिजाालाई लिएर यस्ता विवाद असफल गणराज्यमा हुन्छन्। अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा होइन्।’
बुशले आफ्नो विज्ञप्तिमा घटनाको जिम्मेवारी केही नेताहरुले लिनुपर्ने बताए पनि डोनाल्ड ट्रम्पको नामभने उल्लख गरेका छैनन्।
अमेरिकी पूर्वराष्ट्रपतिहरुले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरे पनि राष्ट्रपति ट्रम्प भने अहिलेसम्म चुप छन्। तर, उनले आन्दोलन कारीलाई शान्त रहन अपिल भने गरेका छन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment