ट्रम्प बाइडेनको शपथ ग्रहणमा सहभागी नुहने
वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने बताएका छन्। ट्रम्पले आफू शपथ ग्रहणमा सहभागी नहुने बताएका हुन्। उनले ट्वीटरमार्फत सो जानकारी दिएका छन्।
ट्रम्पले भनेका छन्, ‘म सबैलाई भन्छु २० जनवरीमा हुने कार्यक्रममा म सहभागी हुँदिन।’ नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग पारजित भए पनि उनले हार स्वीकार गरेका छैनन्। उनले आफूले चुनाव जितेको भ्रम फैलाइरहे। जसको कारण उनका समर्थकले बुधबार अमेरिकी संसद भवनमा त्यतिबेला आक्रमण गरे, जतिबेला बाइडेनको जितलाई आधिकारिकता दिँदै थियो।
सो घटनापछि ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने तयारीसमेत भएको थियो। तर, ट्रम्पले आफूलाई हटाउने तयारी भएको थाहा पाएपछि आफू सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका थिए। तर, फेरि उनले नवनिर्वाचित राष्ट्रपतिको शथप ग्रहणमा नजाने बताएका छन्।
To all of those who have asked, I will not be going to the Inauguration on January 20th.
— Donald J. Trump (@realDonaldTrump) January 8, 2021
No ads found for this position

डिसी नेपाल
Facebook Comment