प्रधानमन्त्रीको समर्थनमा धोती लगाएर जुलुस
काठमाडौं। काठमाडौंमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धोती लगाएर जुलुस निकालिएको छ। राष्ट्रिय युवा संघले निकालेको समर्थन र्यालीमा सहभागीहरुले धोती, कुर्ता, गम्छा लगाएका थिए।
र्यालीका सहभागीहरूले ‘धोती, कुर्ता, गम्छा मधेसीके सानबा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानरसमेत बोकेका थिए।
जुलुसमा सहभागीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ लगायतका नारा लगाएका थिए।
र्यालीपछि राष्ट्रियसभा गृहमा भेला आयोजना गरिएको थियो। भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment