बेलायतमा निर्माण गरिएको शर्ट फिल्म ‘सहारा’ सार्वजनिक
काठमाडौं । कोरोना महामारीको समयमा चलचित्रका गतिबिधिहरु ठप्प भइरहेका बेला बेलायतमा निर्माण गरिएको शर्ट फिल्म ‘सहारा’ सार्वजनिक भएको छ । अँग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको फिल्ममा कोरोनाका कारण विश्वभरी देखिएका विभिन्न समस्या, बेरोजगारी र सम्बन्धमा परेको असरलाई मुख्य विषयवस्तु बनाइएको छ ।
फिल्ममा कलाकार ध्रुव दत्त, सृजना निङ्गलेकु र पुरु राईको उत्कृष्ट अभिनय रहेको छ । कलाकार तथा नायक ध्रुब दत्त, मोडल एवं भ्लगर सृजना निङ्गलेकु बेलायती समुदायमा एक स्थापित नाम हो । फिल्म ‘सहारा’मा लेखन तथा निर्देशन पुरु राईको रहेको छ । पुरुले निर्देशन गरेको यो दोस्रो सर्ट फिल्म हो । निर्देशक राईले यसअघि शर्ट फिल्म ‘सम्बन्ध’ निर्देशन गरिसकेका छन् ।
फिल्म ‘सहारा’मा छायाङ्कन, सम्पादन कुशल श्रेष्ठ, स्वर संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नबिन निरौलाको रहेको छ । कोरोना भाइरसका कारण बढेको बेरोजगारी र बेरोजगारीका कारण एक युवा जोडीमा उत्पन्न भएका विभिन्न समस्याको वियोगान्त कथा फिल्ममा देखाउन खोजिएको निर्देशक राईले बताए । टुवाईको ब्यानरमा निर्माण भएको ‘सहारा’ सोही फिल्मकी अभिनेत्री सृजनाको युट्यूव च्यानलबाट रिलिज गरिएको छ ।







डिसी नेपाल








Facebook Comment