निर्वाचनको तयारीमा जुट्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
२६ पुष २०७७ १९:४०
80
Shares

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले बैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरलाई आइतबार गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।

‘तपाईंहरूको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेको छ, त्यो विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्। तपाईंहरूको काँधमा एकातर्फ निर्वाचनका लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलन नियन्त्रण गर्ने दायित्व आइलागेको छ। लोकतन्त्रमा विरोध, प्रदर्शन गर्न पाइन्छ तर शान्ति, सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरि प्रदर्शन गर्न पाइदैन’, गृहमन्त्री थापाले निर्देशनको क्रममा भनेका थिए।

उनले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरि सुरक्षा योजना बनाउन निर्देशन दिए। ‘तपाईंहरुलाई कुनै कठिनाइ आइपरे गृहमन्त्रालय तपाईंहरुको साथ हुनेछ,’ गृहमन्त्री थापाले भने। कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री पनि सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *