२०२१ मा विश्व अर्थतन्त्रः कुन देश हार्छन्, कसले जित्छ ?

डिसी नेपाल
२६ पुष २०७७ २२:३३

लण्डन (बीबीसी)। कोरोना भाइरसले विश्वको अर्थतन्त्र धराशायी बनाइदिएको छ। दोस्रो विश्व युद्धपछि पहिलो पटक २०२० मा विश्वको अर्थतन्त्रमा सबैभन्दा तिब्र गिरावट देखियो।

करोडौं मानिस वेरोजगार भए वा उनीको कमाई घट्यो। सरकारहरु अथर्तन्त्रलाई भएको नोक्साका रोक्न अरबौं डलर खर्च गरिरहेका छन्। तर पनि २०२१ मा आर्थिक रिकभरी अहिले निकै अनिश्चित बनेको छ। एक प्रारम्भिक अनुमानअनुसार चीनको अर्थतन्त्र फेरि बलियोसँग बढ्दै गएको छ।

तर संसारका कैयौं धनी देशका लागि २०२२ सम्म पूरा रिकभरी हुन सायद समस्या आउने छ। आर्थिक वर्गीय खाडल पनि ठूलो संख्यामा बढेको छ। ६५१ अमेरिकी अरबपतिहरुको नेटवर्थ ३० प्रतिशतबाट बढेर ४ लाख करोड डलर पुगेको छ। अर्कोतर्फ विकाशील् देशरुमा २५ करोड मानिसहरु गरिवीको रेखामुनि छन्। र सायद संसारको आधा वर्कफोर्सले आफ्नो आजीविकाको साधनबाट हात धुनु परेको छ। महामारीको गतिलाई रोक्न पूरा संसारले गरेको प्रयासले अर्थतन्त्रमा निकै गहिरो प्रभाव पर्नेछ।

कोरोना भाइरसको नयाँ स्ट्रेन र भ्याक्सिनको दौडबीच छिटै कुनै सफलता हात पर्ने कुनै निश्चितता छैन, धेरैजसो धनी देशहरुले उपलब्ध भ्याक्सिन हासिल गरे पनि। उनीहरुका लागि पनि २०२१को अन्तसम्म हर्ड इम्युनिटीका लागि पर्याप्त मानिसहरुसम्म पुर्याउन सम्भव नहोला। विकाशील देशहरुमा भ्याक्सिनको सप्लाई सामान्यतया कमै छ। यस्तो अवस्थमा यी स्थानहरुमा कोरोना भाइरस झन तिब्ररुपमा बढ्ने जोखिम छ।

जित्ने देशहरु

यस मामिलामा बलियोरुपमा जित्ने देशहरुमा चीन र दक्षिण कोरिया हुन सक्छन्। यी यस्ता देश हुन् जो कोभिड–१९ को शरुमै दबाउन सफल भए। चीनको अर्थतन्त्र २०२१ मा ८ प्रतिशतले बढ्न सक्छ।

यसरी हेर्दा चीनको वृद्धि दर महामारीभन्दा पहिला संसारका सबैभन्दा सफल पश्चिमी देशहरुको तुलनामा दुई गुणाभन्दा धेरै हुन सक्छ। मुख्यरुपमा निर्यातमा टिकेको चीनको अर्थतन्त्रलाई पश्चिमी देशहरुमा भएको लकडाउनले फाइदा भयो। मनोरञ्जन र ट्राभल जस्त सेवाका लागि पश्चिमी देशहरुमा मागमा कमी आए पनि।

तर घरका सामान र मेडिकल सप्लाईका लागि उनीहरुको मागमा वृद्धि भयो। साथै ट्रम्प प्रशासनले लगाएको उच्च करका बावजुद अमेरिकामा चीनबाट हुने निर्यात रेकर्ड स्तरमा पुग्यो। पूरा एशियामा चीनको आफ्नो आर्थिक प्रभाव बढाइरहेको छ।

प्यासिफिकमा एक् नयाँ फ्री ट्रेड जोन र यूरोपदेखि अफ्रिकासम्म आफ्नो व्यापार मार्गको वरिपरी व्यापक निर्माण परियोजनाका माध्यमबाट चीनले आफ्नो दबदबा बनाएको छ। सेमीकन्डक्टर जस्ता कम्पोनेन्ट्समाथि पश्चिमी देशको सप्लाई चेनमा आफ्नो निर्भरता घटाउन चीनले आफ्नो आधुनिक प्रविधिमा लगानी गरिरहेको छ।

आगामी पाँच वर्षमा चीन संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्दैछ। र उसले यो मामिलामा अमेरिकालाई पछार्ने छ। चीन यो पहिलाको अनुमानको तुलनामा दुईगुण तिब्र गतिमा ठूलो अर्थतन्त्र बन्नेछ।

हार्ने देशहरु

अमेरिका, बेलायत र कन्टिनेन्टल यूरोपका धनी देशहरुका लागि आउटलुक धेरै राम्रो देखिएको छैन। २०२० को गम्रीमा सामान्य रिकभरीपछि यी देशहरुको अर्थतन्त्रको चक्का रोकिएको छ।

कोरोनाको दोस्रो लहर र लडकाउन यसको कारण हो। उदाहरणका रुपमा अमेरिकामा रोजगारी र आर्थिक वृद्धिमा महामारीको गहिरो प्रभाव परेको छ। यस कारण व्यापारी र उपभोक्ताको मनोबलमा गिरावट आएको छ। आगामी वर्ष केही रिकभरी हुने अपेक्षा भए पनि २०२२ मा यी अर्थतन्त्रमा सामान्य अवस्थाको तुलनामा ५ प्रतिशत गिरावट आउने आशंका छ।

तर २०२१ मा विकासशील देशहरुले सबैभन्दा धेरै नोक्सानी व्यहोर्ने आशंका छ। यी देशहरुसँग पर्याप्त भ्याक्सिन किन्न आर्थिक संशाधन छैन। र यिनीहरुको पब्लिक हेल्थ सिस्टम पनि ठूलो संख्यामा संक्रमितलाई उपचार गर्न पर्याप्त छैन। साथै यी देशहरुले सरकारी अनुदान पनि दिन सक्दैनन्, जसरी यूरोप र अमेरिकामा ठूलो संख्यामा बेरोजगारी रोकिएको छ।

पश्चिमी देशरुमा मन्दीका कारण यी विकासशील देशहरुको कच्चा पद्धार्थको माग समाप्त हुने र धनी देशहरुबाट ठूलो ऋणमा कुनै सहयोग नहुने सम्भावनाका कारण लकडाउन बढाउने हैसियत पनि छैन। यहाँसम्मकी ब्राजील, भारत र दक्षिण अफ्रिका जस्ता तिब्र आर्थिक वृद्धि गरिरहेका देशहरुलाई पनि यो अवस्थाबाट बाहिर निस्कन सजिलो छैन।

उदाहरणका रुपमा दक्षिण अफ्रिाका निकै गरिब देशहरुलाई दिइने कोभ्याक्स भ्याक्सिनका लासग योग्य छैन। तर यो मुलुक कमर्शियल मार्केटबाट भ्याक्सिन किन्ने हैसियतमा पनि छैन

नयाँ विभाजन

महामारीको आर्थिक असर समाजमा निकै फरक फरक रुपमा देखिन्छ। जो मानिसहरु फुल टाइम काम गर्छन् र जसको धेरै कमाई हुन्छ, उनीहरु धेरै बचत गर्न सफल रहे। किनकी उनीहरुको खर्चमा कमी आएको छ।

निकै धनी मानिसहरु, खासमा अमेरिकामा, महामारीका क्रममा निकै गिरावट आएको शेयर बजारमा पछिल्ला दिनहरुमा आएको उछालले धेरै फाइदा भएको छ। अमेजन, नेटफ्लिक्स र जूमका लागि यस्तो भएको छ। र यो ट्रेन्ड अझै जारी रहन सक्छ।

अर्थतन्त्रका लागि ठूलो प्रश्न के छ भने, आगामी वर्षमा सुरक्षिा रोजगारी र धेरै तलब पाउने खर्चलाई आफ्छो गएको प्यार्टनमा फर्किनेछन् वा भविष्यको अनिश्चितताका लागि बचत गर्नेछन्?
अर्कोतर्फ जो मानिसहरुको जागिर गयो वा कारोबार बन्द भयो, उनीहरुका लागि नयाँ जागिर पाउन वा यसअघिको आम्दानी गर्न समस्या हुनसक्छ। यस्तो खासमा रिटेल र हस्पिट्यालिटी जस्ता कम तलबमा काम गर्ने क्षेत्रमा देख्न सकिन्छ। जसको पूर्णरुपमा रिकभरी हुने सम्भावना निकै कम छ।

(बीबीसीबाट अनुवाद) (स्टीव शिफेरेज, यूनिभर्सिटी अफ लण्डनका सिटी पोलिटिकल इकोनमी रिसर्च सेन्टरमा ओनरेरी रिसर्च फेलो हुन्)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *