कोरोना भाइरसः प्रारम्भिक पाँच दिन, जसमा संक्रमण तिब्र रुपमा फैलियो

डिसी नेपाल
१६ माघ २०७७ २०:२१

बेइजङि। एक वर्ष पहिला चीन सरकारले वुहानमा लकडाउन गरिदिएको थियो। केही हप्तासम्म अधिकारीहरुले कोरोना नियन्त्रणमा रहेको दावी गरिरहे। त्यो बेलासम्म त्यहाँको मासु बजार क्षेत्रमा केही दर्जन केस थिए। तर वास्तिाविकता के थियो भने, कोरोना भाइरस वुहानबाट बाहिर पूरा देशमा फैलिसकेको थियो।
यो स्टोरी ती पाँच दिनको हो, जसमा कोरोना सबैभन्दा तिब्ररुपमा फैलिएको थियो।

३० डिसेम्बरसम्म वुहानका अस्पतालहरुमा कैयौ मानिसहरु उच्च ज्वरो र निमोनियाको समस्याका कारण भर्ना भएका थिए। यी मध्ये सबैभन्दा पलिहा बिरामी हुने एक जना ७० वर्षीय वृद्ध थिए। यी मध्ये धेरैजसो हुनान सी फुड मार्केटसँग सम्बन्धित थिए।

चिकित्सकहरुले आशंका गरे यी सामान्य निमोनियाका केस होइनन्। प्रभावित मानिसहरुको फोक्सोको नमूनाहरु जेनेटिक सीक्वेंसिंगका लागि पठाइयो।
प्रारम्भिक नतिजामै यो रोग सार्ससँग मिल्दोजुल्खो कोरोना भाइरस भएको संकेत पाइसकिएको थियो। स्थानीय स्वास्थ्य अधिकारीहरु र देशको सेन्टर फर डिजीज कन्ट्रोल (सीडीसी)लाई यो विषयमा जानकारी दिइयो। तर, स्थानीय मानिसहरुलाई केही भनिएन।

बोस्टनस्थित नर्थ ईस्टर्न विश्वविद्यालयका एमओबीएस ल्याबको मोडलका अनुसार त्यो बेलासम्म संक्रमितको संख्या २३०० देखि ४००० सम्म पुगेको कसैलाई थाहा थिएन। यतिमात्र होइन, संक्रमितको संख्या हरेक दिन दुई गुणा बढिरहेको थियो। महामाररी विशेषज्ञ डाक्टरहरुका अनुसार शुरुआती चरणमा हरेक दिन वा हरेक पल निकै महत्वपूर्ण हुन्छ।

३० डिसेम्बर साँझ ४ बजे, वुहान सेन्ट्रल अस्पतालका आपतकालीन विभागका प्रमुखलाई बेइजिङस्थित क्यापिटल बायो मेडिकल्स ल्याबमा गरिएको सीक्वेंसिंगको नजिता प्राप्त भयो। केही समयपछि चिनियाँ सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा उनले ल्याबको नतिजा देखेपछि आफ्नो पसिना चुहिएको बताएका थिए।

नजिताको सबैभन्दामाथि चेतावनीसहितको शब्दमा ‘सार्स कोरोना भाइरस’ लेखिएको थियो। उनले त्यसमा मार्क गरे। यसपछि उनले यसलाई चीनको म्यासेजिंग एप वीच्याटमा आफ्ना सहकर्मीहरुलाई यो रिपोर्ट पठाए।

केही घण्टापछि यो म्यासेज सोही अस्पतालका नेत्ररोग विभागका डाक्टर ली वेनलियांगसम्म पुग्यो। उनले यसलाई आफ्ना विश्वविद्यालयका सयौं विद्यार्थीहरुको समूहलाई यो म्यासेज अन्य समूहलाई नदेखाउन भन्दै पठाए।

दक्षिणी चीनमा २००२ र २००३ को अवधिमा सार्सको प्रकोप फैलिएको थियो। त्यो बेला पनि बेइजिङले सबै नियन्त्रणमा रहेको दावी गरेको थियो। तर केही समयपछि सार्स संसार भर फैलियो। त्यतिबेला पनि बेइजिङले सार्सबारे लिएको रणनीतिको आलोचना भएको थियो।

चीन त्यो बेला चीन भित्रकै मानिसहरुको असन्तुष्टि र विरोध प्रदर्शमा ध्यान केन्द्रित गरिरहेको थियो।

२००२ देखि २००४ सम्म संसारभर सार्सबाट ८ हजार मानिस संक्रमित भएका थिए भने ८ सयको मृत्यु भएको थियो।

लीले समूहमा म्यासेज शेयर गरेको केही घण्टामै स्क्रीनशट्स अनलाइन शेयर हुन थाले। चीनमा यो विषय निकै फैलियो।

तर पछि थाहा भयो सीक्वेंसिंग गर्नेले गल्ति गरेको थियो। किनकी यो सार्स नभएर सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरस थियो। तर यो नाजुक अवस्था थियो, यो फैलिन सक्छ भन्नेमा कसैको ध्यान गएन।

वुहानको स्वास्थ्य आयोगलाई शहरका अस्पतालको अवस्थाबारे जानकारी थियो। त्यो दिन त्यहाँ बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी पनि पुगेका थिए। वुहान र बेइजिङका कम्तिमा पाँचवटा ल्याबमा फोक्सोको नमूना पठाइयो।

उता चीनको सामाजिक सञ्जालमा सार्स भाइरसको प्रकोपको कुरा फैलियो।

त्यसपछि वुहान स्वास्थ्य आयोगले अस्पतालहरुलाई दुईवटा निर्देशन दियो। कुनै पनि रोगबारे सिधै स्वास्थ्य आयोगलाई जानकारी दिन र यो विषयमा सूचना सार्वजनिक नगर्न भनियो। तर मात्र १२ मिनेट भित्रै यो रिपोर्ट लिक भयो र अनलाइनमा पुग्यो।

यदि वरिष्ठ महामारी रोग विशेषज्ञ मारजोरी पोलाक नभएको भए यस महामारीबारे चीनका मानिसहरुलाई आफ्नो भाषामा जानकारी पाउन अझ केही दिन लाग्ने थियो।

संसारभरमा रोगको प्रकोप फैलिनेबारे चेतावनी दिने संस्था प्रोमेड–मेलका उपसम्पादक मारजोरी पोलाकलाई ताइवानस्थित आफ्ना सम्पर्क व्यक्तिबाट एक इमेल प्राप्त भयो। र उनलाई सामाजिक सञ्जालमा चर्चा भइरहेको विषयमा केही जानकारी छ कि भनेर सोधियो।

फेब्रुअरी, २००३ मा प्रोमेडले नै पहिलो पटक चीनमा सार्स फैलिएको समाचार ब्रेक गरेको थियो। पोलाकका लागि त्यो समय फेरि एक पटक फर्किएर आएको थियो। उनले बीबीसीसँग भनेकी थिइन्, ‘हामी अहिले निकै समस्यामा छौं।’

तीन घण्टा भित्रै उनले एक आपतकालीन पोस्ट लेखिन्। जसमा उनले यो रोगबारे थप जानकारी मागेकी थिइन्। मध्यरातिको करिब एक मिनेटमा यो पोस्ट प्रोमेडका करिब ८० हजार सब्सक्राइबहरुलाई पठाइयो।

विस्तारै यो यो हल्ला फैलिँदै गर्दा त्यो बेला चीनको सेन्टर फर डिजीज कन्ट्रोल (सीडीसी)का महानिर्देशक प्रोफेसर जर्ज एफ गाओलाई संसारभरका सम्पर्कबाट सहयोगका लागि सुझाव आउन थाल्यो।

चीनले सार्सपछि आफ्नो मुलुकमा संक्रामक रोगका लागि आधारभूत व्यवस्थालाई नयाँ शिराबाट शुरु गरेको थियो। २०१९ मा गाओले अनलाइन निगरानीका कारण फेरि कुनै यस्तो संक्रामक महामारी नफैलिने प्रतिवद्धता जनाएका थिए। गाओसँग सम्पर्क गरेर दुईजना वैज्ञानिकहरुले त्यतिबेला गाओ धेरै चिन्तित नदेखिएको दावी गरेका छन्।

न्यूयोर्कस्थित संक्रामक रोगहरुमाथि रिसर्च गर्ने समूह इकोहेल्थ एलाइन्सका प्रमुख डा. पीटर डास्ज्याकले बीबीसीलाई भने, ‘मैले जर्ज गाओलाई लामो मेल पठाएको थिएँ। मैले अनुरोध गर्दै तपाईँहरुलाई कुनै पनि सहयोगका लागि आफ्नो टिम पठाउँछु।’

पीटरका अनुसार यसको जवाफमा छोटो सन्देश पठाउँदै ह्याप्पी न्यू इयरमात्र लेखिएको थियो।

न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका महामारी रोग विशेषज्ञ इयान लिपकिनले पनि गाओसँग सम्पर्क गरेका थिए। उनी जब राति खाना खाइरहेका थिए, गाओको जवाफी फोन आएको थियो। लिपकिनलेसो कुराकानीबारे बीबीसीसँग भनेका छन्, ‘उनीहरुले भाइरसको पहिचान गरिसकेका छन्। यो नयाँ कोरोना भाइरस हो।

उनीहरुका अनुसार यो धेरै संक्रामक होइन। तर मलाई यो कुरामा विश्वास लागेन किनकी त्यो बेलासम्म मलाई धेरै मानिसहरु संक्रमित भएको जानकारी भइसकेको थियो। मलाई लाग्छ गाओले मलाई सही जानकारी दिए।’

उनले यो विषयमा ढिला नगरी ल्याब रिपोर्ट सार्वजनिक गर्नुपथ्र्यो।

गाओ बीबीसीसँग कुरा गर्न तयार भएनन्। तर उनले चीनका सरकारी सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिए। उनले ल्याब रिपोर्ट तत्काल जारी गरिएको र कहिल्यै पनि यो मानिसबाट मानिसमा सर्दैन नभनेको बताएका थिए।

सोही दिन वुहानको स्वास्थ्य आयोगले एक प्रेस रिलिज सार्वजनिक गर्दै भाइरल निमोनियाका २७ केस पहिचान भएको जानकारी दियो। तर यो भाइरस मानिसबाट मानिसमा फैलिने कुनै स्पष्ट प्रमाण नभेटिएकोसमेत बतयो।

चीनले यसको १२ दिनपछि महामारीको जीनेटिक सीक्वेंस अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमार्फत सार्वजनिक गरेको थियो।

यो विषयमा बीबीसीसँग कुरा गर्न चिनियाँ अधिकारी तयार नभए पनि उनीहरुले कोरोना भाइरसबाट विस्तृत आधिकारिक बयान अवश्य दिए। र चीनले भन्यो, ‘चीनले सँधै खुला पारदर्शिता र जिम्मेवारीपूर्ण रुपमा समयसँगै यो महामारीबारे आवश्यक काम गरेको छ।’

अन्तर्राष्ट्रिय कानूनका अनुसार कुनै नयाँ संक्रामक रोग जसले संसारलाई खतरा हुन सक्छ, त्यो फैलिएको २४ घण्टा भित्रै विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट गर्नुपर्छ। तर २०२० को जनवरी १ सम्म यो रोग फैलिएकोबारे विश्व स्वास्थ्य संगठनसँग कुनै जानकारी थिएन।

यसभन्दा अघिल्लो दिन विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले प्रोमेडको पोस्ट र अनलाइन रिपोर्टस देखेका थिए। त्यसपछि उनीहरुले चीनको राष्ट्रिय स्वास्थ्य आयोगसँग सम्पर्क गरे।

विश्व स्वास्थ्य संगठनका महामारी रोग विशेषज्ञ र पछि कोभिड–१९ टेक्निकल टिमको नेतृत्व गर्ने डा. मारिया भ्यान केरखोभे, ती मानिसहरु मध्ये एक हुन् जसले १ जनवरीको मध्य रातिमा बोलाइएको कन्फ्रेन्स कलमा सहभागी भइन्।

उनले भनिन्, ‘हामीलाई पहिला अनुमान थियो कि यो नयाँ कोरोना भाइरस हुनसक्छ। हाम्रा लागि यो मानिसबाट मानिसमा फैलिन्छ की छैन भन्दा पनि यो फैलिने दर कति तिब्र छ भन्नेकुरा महत्वपूर्ण थियो। र कहाँ कहाँ देखिएको छ भन्ने कुरा महत्वपूर्ण थियो।’

चीनले यसको दुई दिनपछि विश्व स्वास्थ्य संगठनलाई जवाफ दिएको थियो। जवाफमा भाइरल निमोनियाका ४४ केस पहिचान भएको र त्यसको कारण थाहा नभएको बताइएको थियो। चीनले तीन जनवरीपछि विश्व स्वास्थ्य संगठनसँग नियमित सम्पर्कमा रहेको बताएको छ।

समाचार एजेन्सी सोसिएटेड प्रेस (एपी)ले विश्व स्वास्थ्य संगठनको बैठकको एक अडियोे प्राप्त गरेको छ। सो अडियोमा सो बैठकमा विश्व स्वास्थ्य संगठनका अधिकारीहरु कस्तो डर लाग्दो अवस्थामा थिए भन्ने देखिने बीबीसीले उल्लेख गरेको छ।

यो अडियोमा विश्व स्वास्थ्य संगठनका हेल्थ इमरजेन्सी प्रोग्रामका निर्देशक माइक रयानले भनिरहेका छन्, ‘संक्रम मानिसबाट मानिसमा फैलिँदैन भन्ने कुरामा विश्वास छैन। हामीलाई तथ्यांक चाहियो।’

चीनबाट प्राप्त जानकारी सार्वजनिक गर्न कानूनी रुपमा विश्व स्वास्थ्य संगठन बाध्य थियो। उनले त्यो बेला मानिसबाट मानिसमा संक्रमण फैलिनेमा आशंका गरेको थियो। तर, त्यसको तीन हप्तामा फैलिने कुरा पुष्टि भयो।

एपीका डेक कांगले भने, ‘विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले सार्वजनिक रुपमा कहिल्यै पनि आफ्नो आशंकाबारे जानकारी दिएनन्। त्यसैले संसारलाई त्यतिमात्र जानकारी भयो, जति चिनियाँ अधिकारीले दिए।’

भाइरस तिब्र रुपमा बढिरहेको थियो। वुहानका अस्पतालमाहरुमा विरामीको संख्या बढिरहेको थियो। तर यो विषयमा डाक्टरहरुलाई कुनै पनि सूचना सार्वजनिक नगर्न भनियो।

वैज्ञानिकहरु र डाक्टरहरुलाई प्राप्त प्रमाणका बाबजुद चीनले २० जनवरीसम्म भाइरस मानिसबाट मानिसमा सर्छ भन्ने स्वीकार गरेन। बीबीसीबाट अनुवाद

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *