चर्चित हाँस्य कलाकार बुद्धि तामाङ रमाइलो जोक्स कम्पिटिसनको निर्णायक

डिसी नेपाल
१७ माघ २०७७ १७:३७
228
Shares

काठमाडौं । विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ आयोजना हुने भएको छ । चर्चित हाँस्य कलाकार बुद्धि तामाङ निर्णायक रहेको ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिसन २०२१’ सिजन १ को सुरुवात गरिएको हो । बुद्धिका अलावा हाँस्य कलाकार दिलिप गुरुङ र भानु तिवारी निर्णयक रहेको कार्यक्रम रिदम स्क्रिनको प्रस्तुतिमा तयार भएको हो ।

कार्यक्रम नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले आयोजना गरेका हुन्। कार्यक्रममा सहभागी हुन् प्रतियोगीहरुले रमाइलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निःशुल्क फारम भर्न सक्छन् । अथवा रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत पनि सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ । कार्यक्रममा पहिलो हुने विजेताले तीन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन्।

प्रतियोगितामा सहभागिता जनाउन जनवरी ८ देखि फेब्रअरी २८ सम्म प्रतियोगीहरुले आवेदन दिन सक्ने कार्यक्रमका उत्पादक तथा निर्देशक कमल राईले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.