अमेरिकामा संकलित रकम बाढी पहिरो पीडित परिवारलाई बितरण

डिसी नेपाल
२४ माघ २०७७ १०:२२

गोरखा । गोरखाको बारपाकका बाढी पहिरो पीडितलाई राहात वितरण गरिएको छ। गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको सहयोगमा अमेरिकामा रहेका नेपालीहरुले उठाएको २० लाख रुपैयाँ गोरखाका पीडितहरुलाई वितरण गरिएको हो।

कार्यक्रमले मायांदेबी भट्टलाई रु ३ लाख ४१ हजार ४६ राहत दिइएको थियो। यस्तै, राहत प्राप्त गर्ने लाल प्रसाद भट्ट (३,१५,०००), गोकर्ण भट्ट ( ३,१५,०००), जिबनाथ भट्ट ( ३,१५,००) रहेका छन्।

 

लिला कुमारी पाण्डे, सुरेश भट्टराई, चुडामणी धिताल र निल बहादुर पाण्डले जनही १ लाख २५,००० हजारका दरले राहत पाएका छन् ।

जानकी पाण्डे, सुमित्रा पाण्डे र मानबहादुर पाण्डेले जनही रु ७५ हजारका दरले राहत बुझेको बताइएको छ।

 

गतमध्य वर्षातको समयमा आएको भिषण बाढी पहिरोले बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ तिनखण्डे ठूलो क्षति गरेको थियो। अमेरिकामा बस्ने २ सय ५३ जना समजसेवीबाट संकलन गरिएको उक्त रकम एनआरएनए अन्तराष्ट्रीय समन्वय परिषदले नेपाल स्थित सहिद शिब प्रसाद भट्ट फाउन्डेसनको खातामा उपलब्ध गराएको थियो।

उक्त रकम पाढीपहिरो पीडित ११ घरपरिवारलाई वितरण गरिएको हो। फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले हस्तान्तरण गरेका पीडित परिवारलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य श्री प्रकाशचन्द्र दवाडी, जिल्ला समन्वय समितिकी उप प्रमुख जानुका अधिकारी, नेपाली कांंग्रेस क्षेत्र नं. २ गोरखाका क्षेत्रीय सभापति श्री गोबिन्द गुरुङ्ग, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ वडाध्यक्ष श्री कृष्ण बहादुर गुरुङ्ग, श्री दुल्लभ माध्यमिक बिद्यालयका प्राचार्य श्री शिब प्रसाद भट्ट, नेपाली कांंग्रेस गोरखाका युवानेता श्री शेखर ढकाल, नेपाल बिद्यार्थी संघ गोरखाका अध्यक्ष श्री सुबास अधिकारी, सहिद शिब प्रसाद भट्टका दाजु श्री अम्बिका प्रसाद भट्टले आ आफ्नो धारणा राखेका थिए। सााथै, उनीहरुले चन्दादाताहरुलाई कृतज्ञता ब्यक्त समेत गरे।

राहत बितरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष श्री रमेश भट्टले यस्तो मानविय कार्यमा सहयोग गर्ने गोरखा अमेरिका सम्पर्क समिति, संकलनको शुरुवात गर्ने तेश्रो ज्योति परिवार, एकमुष्ठ सबैभन्दा ठुलो रकम योगदान दिने नेपाली जनसम्पर्क समिति, वेष्ट टेक्सास च्याप्टर परिवार, हिमालय हेल्पिंग ह्याड्स लस एन्जलस परिवार र सम्पुर्ण २ सय ५३ जना दाताहरु प्रति कृतज्ञता साथै आभार ब्यक्त गरेका थिए। साथै, रकम नेपाल ल्याउनको भुमिका खेल्ने गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका र अन्तराष्ट्रीय समन्वय परिषदलाई पनि धन्यवाद ज्ञापन गरेका थिए।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *